११ दिनमा अमेरिकामा १० हजार बढीको कोरोनाबाट मृत्यु



Download our app to get more features

काठमाडौं, साउन १५ । अमेरिकामा कोरोना भाइरसबाट ११ दिनमा १० हजार बढीको मृत्यु भएको छ। 

रोयटर्समा प्रकाशित समाचारका अनुसार अमेरिकामा ज्यान गुमाउनेको  कुल संख्या १ लाख ५० हजार पार भएको छ।

कोरोनाको महामारी सुरू भएपछि अमेरिकाले कोरोनाका कारण कम्तीमा २ लाख ४० हजार अमेरिकीले ज्यान गुमाउने आकलन गरेको थियो। 

जुलाई १४ मा उसले नोभेम्बर १ सम्ममा २ लाख २४ हजार मानिसको मृत्यु हुने बताएको थियो।

पछिल्लो समय अमेरिकामा अर्थ व्यवस्थालाई लयमा फर्काउन भन्दै संक्रमणदर लकडाउन खोल्न आवश्यक आधारमा नपुगी खोल्न सुरू गरिएको थियो।

पछिल्लो समय अमेरिकामा बढिरहेको संक्रमण र मृत्यु यसै कारण भएको मानिएको छ।

यस्तै अमेरिकामा मास्क प्रयोग र सामाजिक दूरी कायम गर्ने कुरामा त्यहाँका नागरिकहरूमा देखिएको अरूचिले पनि कोरोना फैलिएको छ।

२४ घण्टाको अवधिमा ६६ हजार बढी संक्रमित थपिएको वर्ल्डमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखिएको छ भने १४ सय बढीको मृत्यु भएको छ।

अमेरिका विश्वमा कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो।


 हालसम्म त्यहाँ ४५ लाख बढी मानिसलाई संक्रमण भइसकेको छ।

 

Last modified on 2020-07-30 08:47:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts