दक्षिण अफ्रिका विश्वकै पाँचौ कोरोना संक्रमणका कारण प्रभावित मुलुक



Download our app to get more features

एजेन्सी, १८ साउन । दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार १ सय ७ जना नयाँ संक्रमित थपिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ५ लाख ३ हजार नाघेको हो । यस्तै दक्षिण अफ्रिकामा कोरोना संक्रमणका कारण हालसम्म ८ हजार १ सय ५३ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिका विश्वकै पाँचौ कोरोना संक्रमणका कारण प्रभावित मुलुक बनेको छ ।

रूस सरकारले आगामी अक्टुबर महिनादेखि नागरिकलाई कोरोना विरुद्धको खोप दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले अक्टुबर महिनामा नागरिकहरुलाई कोरोना विरुद्धको खोप दिने योजना बनाइएको र यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको बताए  मन्त्री मुराश्कोले सबैभन्दा पहिले डाक्टर र शिक्षकहरुलाई यो खोप दिने पनि उल्लेख गरे । समाचार संस्था रोयटर्सका अनुसार रूसको सम्भावित कोरोना विरुद्धको खोपलाई यसै महिना सरकारले अनुमति दिने छ । तर, तीव्र गतिमा कोरोना विरुद्धको खोप बनाएको भन्दै केही विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले रूस र चीनले मानिसलाई कोरोना विरुद्धको खोप दिनुभन्दा पहिले यसको सबै परीक्षण गरिरहेको होलान् भन्ने आशा व्यक्त गरेका थिए ।

Last modified on 2020-08-02 11:33:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts