कोरोना भाईरस घनाबस्तिमा फैलिन सक्ने : डब्ल्यूएचओको चेतावनी

काठमाण्डौं, २७ साउन । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोना भाइरस घनाबस्तीमा प्रवेश गर्न सक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओका कोभिड –१९ सम्वन्धि प्राविधिक विभाग प्रमुख डा.मारिया वैन कर्खोवले कोरोना भाइरस मौसमी भाइरस रहेको भन्ने कुनै संकेत नमिलेको बताएकीछन् ।
उनले कोरोना भाइरस घुम्दै एकपछि अर्को क्षेत्रमा प्रवेश गरिरहेको बताईन । संक्रमणबाट जोगिन अनिवार्य सही तरिकाले मास्क लगाउन, सामाजिक दुरी कायम राख्न,सकेसम्म घरबाहिर ननिस्कन सबैलाई आग्रह गरिन । हालसम्म विश्वमा २ करोड २ लाख ४६ हजार मानिसमा कोरोना पुष्टि हुनुका साथै ७ लाख ३८ हजार ६९५ संक्रमितको मृत्यु भइसकेको छ ।
Last modified on 2020-08-11 07:51:31