अपडेट

ब्राजिलमा कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, २७ साउन । कोरोना भाइरसका कारण मार्चको मध्यदेखि हालसम्म दुई सय गुणाले सङ्क्रमितहरु थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मार्चको मध्यदेखि कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या दुई सय गुणाले बढेको हो । यस्तै हालसम्म विश्वभर कोरोना भाइरसका कारण २ करोड २ लाख ५४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । यस्तै हालसम्म विश्वभर ७ लाख ३८ हजारभन्दा बढीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा मात्रै कोरोना भाइरसका कारण हालसम्म  ५२ लाख ५१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने हालसम्म त्यहाँ एक लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिका विश्वकै सबैभन्दा बढी कोरोना महामारीका कारण प्रभावित मुलुक हो । जहाँ सुरुदेखि नै कोरोना संक्रमित र मृत्यु हुने दर बढ्दै गएको छ । 

पाकिस्तानमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर बन्द गरिएको शैक्षिक संस्थाहरु सुचारु भएको छ । पाकिस्तान सरकारका अनुसार शैक्षिक संस्थाका साथै विवाह, किनमेल केन्द्र र सिनेमा हल बाहेक मनोरञ्जनका सबै क्षेत्र खुला गरिएको छ । यस्तै विभिन्न आर्थिक कारोबार पनि खुलेको छ । तर, सरकारले संस्थानहरुका लागि कुनैपनि मापदण्ड बनाइएको छैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा कोरोना संक्रमणको दर नियन्त्रणमा आइसकेको भन्दै अब सबै सामान्य हुने बताए ।

ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । ब्राजिल सरकारका अनुसार हालसम्म त्यहाँ ३० लाख ५७ हजार ४ सय ७० भन्दा बढी संक्रमित भएका छन् । ब्राजिल अमेरिकापछिको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म एक लाख एक हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो पनि कोरोना संक्रमित भएका छन् । 

फ्रान्समा कोरोना संक्रमित बिरामीहरुको चाप अस्पतालमा फेरि बढ्न थालेको छ । समाचार संस्था रोयटर्सका अनुसार फ्रान्समा लकडाउन हटाइपछि कोरोना संक्रमित बिरामीको चाप अस्पतालमा फेरि बढ्न थालेको हो । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार  हाल ५ हजार ४५ भन्दा बढी कोरोना संक्रमित बिरामी अस्पतालहरुमा उपचाररत छन् । जसमा ३ सय ९६ जना आईसीयूमा भर्ना भएका छन् । अप्रिलको मध्यदेखि फ्रान्समा कोरोना  संक्रमणको दरमा कमी आएपछि सरकारले लकडाउन हटाएको थियो । 

Last modified on 2020-08-11 12:06:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts