कोरोना संक्रमण देखिएका भारतका प्रसिद्ध गजलकार राहत इन्दौरीको हृदयघातपछि निधन



Download our app to get more features

भारत, २७ साउन । भारतका प्रसिद्ध शायर तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । 

कोरोना संक्रमित समेत रहेका इन्दौरीको हृदयघातपछि निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सामाजीक सञ्जाल ट्वीटरमार्फत् उनले आफूमा कोरोना संक्रमण देखिएको र अस्पताल भर्ना भएको जानकारी दिएका थिए । 

९ अगस्तकै दिन मध्य प्रदेशको इन्दौरमा श्रीअरबिन्दो अस्तपालमा उनलाई कोरोना देखिएपछि भर्ना गराइएको थियो । अस्पतालमा उपचाररत उनको मंगलवार हृदयघात पछि निधन भएको पारिवारिक स्रोतले बताएको छ । 

इन्दौरी भारतसहित विश्वकै लागि चर्चित गजलकार हुनुका साथै भारतीय चलचित्र क्षेत्रका लागि गीत पनि लेख्ने गर्थे । 

७० वर्षका इन्दौरी अस्पतालमा भर्ना भएपछि आफ्नो स्वास्थ्य लाभको कामना गर्न पनि सबैलाई आग्रह गरेका थिए । 

इन्दौरीको मंगलवार राति साढे ९ बजे अन्त्येष्टि गरिनेछ ।

भारतको कोरोना प्रभावित मध्य प्रदेशमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानमा पनि यसअघि कोरोना देखिएको थियो र उनी हाल स्वस्थ भइसकेका छन् । 

Last modified on 2020-08-11 20:48:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts