बलिवुड नायक दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर



Download our app to get more features

भारत, २८ साउन । बलिवुडका चर्चित नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगिसकेको छ । केहीदिन अघि मात्रै छातीमा दुखाई र श्वास लिन समस्या भएपछि उनी ८ अगस्तमा मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका थिए । त्यसपछि उनको कोरोना परीक्षण पनि गरिएको तर कोरोना नेगेटिभ आएको थियो । दुई दिन अघि मात्रै उनी अस्पतालबाट  डिस्चार्ज भएका छन् ।

अस्पतालबाट डिस्चार्ज भएपछि सञ्जय दत्तले आफू पूर्ण रुपले निको नभएको बताएका छन् । उनले सामाजीक सञ्जालमार्फत् आफूलाई अब मेडिकल ट्रिटमेन्टको आवश्यकता रहेकाले कामबाट केहि समयका लागि आराम लिने पनि उल्लेख गरेका छन् । 

तेस्रो चरणको क्यान्सर भएको पुष्टि भएपछि उनी उपचारका लागि अमेरिका जान सक्ने बताइएको छ । 

नायक दत्त बलिवुडका स्वर्गीय नायक तथा नेता सुनिल दत्त र नरगिसका छोरा हुन् ।

Last modified on 2020-08-12 10:01:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts