अपडेट

रुसले विकास गरेको कोरोना विरुद्धको खोप सम्बन्धी कुनै जानकारी छैनः डब्लूएचओ



Download our app to get more features

एजेन्सी, २८ साउन । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण विश्वभर २ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । दिन प्रतिदिन कोरोना संक्रमणको दरमा वृद्धि हुँदै गएको छ । तर, हालसम्म यस संक्रमण विरुको कुनैपनि ठोस उपचार वा खोप तथा औषधि पत्ता लाग्न सकेको छैन । मानिसको लक्षण अनुसार उपचार हुँदै आएको कोरोना भाइरस संक्रमण विरुद्धको ठोस खोप विकासका लागि विश्वका विभिन्न मुलुक लागि रहेका छन् । यस क्रममा रुसले कोरोना विरुद्धको खोप विकास गरेको दावी गर्दै मान्यता दिइसकेको छ ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरस विरुद्धको  खोप तयार भइसकेको र मानिसलाई दिनका लागि तयार रहेको बताएका छन् । उनले वैज्ञानिकहरुले विकास गरेको खोप मानिसमा दुई महिनासम्म परीक्षण गरिएको र सबै सुरक्षा मापदण्डमा सफल भएको पनि बताए ।

यस खोपलाई रूसको स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ । मन्त्रालयका अनुसार आजबाट पहिलो चरणमा डाक्टर र स्वास्थ्यकर्मीलाई खोप लगाइने छ भने मानिसहरुमा पनि ठूलो परिमाणमा खोप लगाउने तयारी गरिएको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनले रुसले विकास गरेको कोरोना विरुद्धको खोप सम्बन्धी कुनै जानकारी नभएको हुनाले यसको मूल्यांकन गर्न नसकिने बताएको छ ।
 
विश्व स्वास्थ्य संगठन अन्तर्गत आउने प्यान–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाका अनुसार खोप बनाउने कुनैपनि प्रक्रियाको पालना गर्नुपर्ने हुन्छ र सुनिश्चित गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनले त्यसको सिफारिश गर्नुपर्ने हुन्छ ।
गत साता मात्रै संगठनले रूसलाई आग्रह गरेको थियो, की कोरोना विरुद्धको खोप बनाउनका लागि सबै अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नु भनेर ।

रूसले जुन गतिमा कोरोना भाइरस विरुद्धको खोप बनेको दावी गरेको छ त्यसमा विश्वका अन्य वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । तर, रूस एक मात्र मुलुक होइन जसले खोप बनाइरहेको छ ।

एक सय भन्दा बढी कोरोना विरुद्धको खोप सुरुवाती चरणमा रहेको र २० भन्दा बढी खोपको मानिसमा परीक्षण भइरहेको छ । 

अमेरिकामा हालसम्म ६ प्रकारका खोपमाथि काम भइरहेको छ र अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले सन् २०२० कै अन्त्यसम्म अमेरिकाले खोप सार्वजनिक गर्ने दावी गरेका छन् । उनले अमेरिकासँग एक सुरक्षित र प्रभावकारी कोरोना विरुद्धको खोप तयार भइरहेको र यसै वर्षको अन्त्यसम्म सार्वजनिक गरिने बताए ।

यस्तै बेलायतमा पनि कोरोना विरुद्धको खोप बनिरहेको छ । बेलायतमा कोरोना विरुद्धको खोपलाई लिएर ४ सम्झौता भएको छ । बेलायतको एस्ट्राजेनेका कोरोना विरुद्धको खोपको १० करोड डोज तयार गरिरहेको छ र औषधि उद्योग जीएसके र सनोफीपनि यसको उपचार पत्ता लगाउनेमा जुटेको छ ।

मंगलवार इन्डोनेशिया र मेक्सिको दुबै देशले पनि घोषणा गरेको छ । यी देशमा कोरोना विरुद्धको खोप अन्तिम चरणको क्लिनिकल परीक्षण भइरहेको छ ।

Last modified on 2020-08-12 11:15:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts