अपडेट

कोरोना महामारीले उत्पन्न आर्थिकमन्दीले मानसिक स्वास्थ्यको समस्यामा वृद्धिः अध्ययन



Download our app to get more features

एजेन्सी, २९ साउन । भारतमा लगातार १५ औं दिन ५० हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । विश्वकै तेस्रो कोरोना संक्रमणका कारण प्रभावित मुलुक भारतमा पछिल्लो २४ घन्टामा ६६ हजार ९ सय ९९ नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्या थपिएसँगै भारतमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २३ लाख ९६ हजार नाकिसकेको छ । यस्तै पछिल्लो २४ घन्टामा भारतमा कोरोना भाइरस संक्रमणका कारण ९ सय ४२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ३३ जनाको मृत्यु भएको छ । यस्तै भारतमा हाल ६ लाख ५३ हजारभन्दा बढी सक्रिया संख्या रहेको छ भने हालसम्म १६ लाख ९५ हजारभन्दा बढीले कोरोना संक्रमणलाई जितिसकेका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार पेरूमा कोरोना संक्रमणको दरमा वृद्धि भएपछि त्यहाँ लकडाउनमा कडाईं गर्नुका साथै समयावधि थप गरिएको छ । पेरूका राष्ट्रपति मार्टिन विजकाराले लकाडउनमा कडाईं गर्दै पारिवारिक जमघटमा लोक लगाएका छन् । यस्तै पाँच क्षेत्रमा लकडाउनको समयसीमा थप गरेका छन् । पेरूको २५ क्षेत्रमध्ये १५ क्षेत्रमा पहिलेदेखि नै लकडाउन जारी छ भने थप ५ क्षेत्रमा लकडाउन जारी गरिएको छ । यस्तै पछिल्लो समय पेरूमा बालबालिका र किशोरकिशोरीमा कोरोना संक्रमणको दर ७५ प्रतिशतले बढेको छ । पेरूमा पछिल्लो समय यता लगातार ७ हजारका दरले कोरोना संक्रमित थपिदै गएका छन् भने दैनिक २ सयभन्दा बढीको मृत्यु हुन थालेको छ । पेरूमा हालसम्म ४ लाख ९० हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

बेलायतमा कोरोना महामारीका कारण आएको आर्थिकमन्दीका कारण मानिसको मानसिक स्वास्थ्यमा ठूलो चुनौती उत्पन्न हुन सक्ने अनुमान गरिएको छ । बेलायतको रोयल कलेज अफ साइकियाट्रिस्टका अध्यक्ष डाक्टर एडरियन जेम्सले आर्थिकमन्दीले मानिसलाई मानसिक रुपले निकै अस्वस्थ र कमजोर बनाउने बताएका छन् । एनएचएसका विज्ञहरुका अनुसार बेलायतमा आएको आर्थिकमन्दीको खबरले अधिकांश मानिसहरु आफ्नो मानसिक स्वास्थ्यको समस्या लिएर अस्पताल आउन थालेका छन् । एडरियन जेम्सले आर्थिकमन्दीका कारण पहिलेदेखि नै रहेको स्वास्थ्य र सामाजिक गैर बराबरीमा झन् बढी वृद्धि हुने र त्यसले मानिसलाई मानसिक रुपले कमजोर बनाउने बताए । एडरियन जेम्सका अनुसार यदि सरकारले चाह्यो भने आर्थिकमन्दीको सबैभन्दा विनाशकारी नतिजालाई रोक्नका लागि मानसिक स्वास्थ्य र सामाजिक कल्याणकारी सेवामा लगानी गर्नुपर्ने हुन्छ । 

विश्वभर हालसम्म कोरोना भाइरसको महामारीका कारण २ करोड ८ लाख १० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ७ लाख ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने १ करोड ३७ लाख १२ हजारभन्दा बढी स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts