ब्राजिलबाट ल्याइएको कुखुरामा कोरोना भाइरस 



Download our app to get more features

 एजेन्सी,३० साउन । कुखुराको मासुमा पनि कोरोना भाइरस भेटिएको छ । चीनको शेन्जेन लंगागाङमा ब्राजिलबाट आयात गरि ल्याइएको कुखुराको पखेटामा कोराना भाइरस रहेको पत्ता लागेको हो । फ्रोजन गरिएको कुखुराको पखेटामा बुधबार कोरोना भाइरस रहेको पुष्टि भएको अधिकारीहरुलाई उद्रत गर्दै सीएनएनले जनाएको छ । 

आयातित वस्तुको स्क्रिनिङ गर्ने क्रममा अन्तिम ब्याचको कुखुराको पखेटामा कोरोना भाइरस रहेको पत्ता लागेको लंगाग नगर सरकारले विज्ञप्ती मार्फत जानकारी दिएको छ । मासुमा कोरोना संक्रमण देखिएपछि तुरुन्तै ट्रेसिङ गर्दा उत्पादनको साथ सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसै ब्राण्डको अन्य उत्पादनहरु बिक्रि भइसकेको जनाइएको छ भने मासु स्टोर गरि राखिएको स्थान निर्मलीकरण गरिएको छ ।  ब्राण्डको नाम गोप्य राखिएको छ ।  चीनका धेरै स्थानमा सामुन्द्रि खानामा कोरोना भाइरस भेटिएको भन्ने समाचार आएका थिए । 

तर विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले भने खाना अथवा खानाको कभरबाट कोरोना सरेको प्रमाण हालसम्म फेला नपरेको बताएको छ । डब्ल्यूएचओले अधिकांश केस मानिसबाट मानिसमा सरेको रहेको बताउदै संक्रमितको थुकको छिटाबाट अन्य व्यक्तिमा सर्ने स्पष्ट पारेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts