कोरोना संक्रमणले बालबालिका वा विद्यार्थीमा परेको असरलाई कसरी कम गर्ने ?



Download our app to get more features

काठमाण्डौं,३०साउन । कोरोना भाइरसको सङ्क्रमणले गर्दा विद्यालय, क्याम्पस र विश्वविद्यालय बन्द भएका छन । जसको कारण यस वर्षको विद्यार्थी भर्ना र नियमित कक्षा सञ्चालन हुन सकेको छैन । संक्रमण बढ्दै जादा वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतालाई नै चालू शैक्षिक सत्रमा गणना गर्ने तयारी पनि भै ररहेको छ । 
सबै भूभागमा अनलाइन वा दूर शिक्षाको पहुँच नहुने भएकाले वैकल्पिक प्रणाली प्रभावकारी नभएकाले स्वास्थ्य जोखिम नभएका स्थानमा स्थानीय तह र विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर क्रमशः विद्यालय पुनः सञ्चालन गर्न सकिने प्रस्ताव पनि आएको छ । तर लागुहुन अझै समय लाग्ने देखिन्छ । 
 यसले बालबालिकाको मनोवल कमजोर बनाउछ भने उनीहरुमा धेरै आत्तिने, डराउने तथा डिप्रेसनमा जाने समस्या आउन सक्छ । 
यो असरलाई कम गर्न के गर्ने ? 
१. पढाइलाई रिभ्यू गराउने । 
२. शिक्षकले विद्यार्थीलाई सान्त्वनाको साथै काउन्सेलिङ गरिरहने । 
३. उनीहरुको अगाडि नकरात्मक कुरा नगर्ने (जस्तै  अहिले सम्मको मेहनत खेर गयो, तैले पढेको काम लागेन भन्ने जस्ता शब्दको प्रयोग नगर्ने ।)
४. कसैले पनि तर्साउने तथा भयावह अबस्था आउन नदिने । 
५. कुनै पनि खालको चिन्ता तथा तनाव दिने काम नगर्ने । 
घरमा अभिभावकले के गर्ने ? 
१. तनाव हटाउनका लागि वातावरण सहज बनाइदिने । 
२. मासिक तनाव हटाउनको लागि योग, ध्यान गर्ने, गीत सुन्ने, नाच्न लगाउने 
३. नकरात्मक कुरा गर्दैे नगर्ने । 
४. समय तालिका (रुटिन) अभिभावकले  नै बनाएर फलो गर्न लगाउने । 
५. पढाइको साथ साथै उत्प्रेरित गर्ने खालको कुरा गर्ने । 
६. जतिबेला पनि पढ पढ भनेर कर नगर्ने । 
७. भान्सामा खाना बनाउन लगाउने, उनीहरुलाई जे गर्न मन पर्छ हरेक दिन केही समय छुट्याएर त्यो काम लगाउने । 
८. अनि पढेको कुरालाई हरेक दिन सम्झिन लगाउने । 
(मनोविद् डाक्टर गंगा पाठकसँग गरेको कुराकानीमा आधारित) 
 

Last modified on 2020-08-14 09:31:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts