कोरोना संक्रमितको अकस्मात मृत्यु किन हुन्छ ? यसो भन्छन् चिकित्सक



Download our app to get more features

भारत, ३० साउन । कोरोना भाइरसको बारेमा अझैपनि विभिन्न खोज र अध्ययनहरु जारी छ । यसबीचमा भारतका डाक्टरहरुले कोरोना भाइरसको विषयमा नयाँ तथ्य फेला पारेका छन् । भारतीय डाक्टरहरुका अनुसार कोरोना भाइरसका कारण भइरहेको मृत्युको विषयमा नयाँ तथ्य फेला परेको छ ।

डाक्टरहरुका अनुसार कोरोना भाइरसले मानिसको शरीरको रगत जमाएर ढिक्का बनाउने गरेको छ । जसले गर्दा मानिसहरुको अकस्मात मृत्यु भइरहेको छ । भारतको कोभिड थिन्क ट्यान्कका सदस्य एवं लखनऊको केजीएमयू अस्पतालको पल्मोनरी एन्ड क्रिटिकल केयर मेडिसिन विभागका अध्यक्ष डाक्टर वेद प्रकाशले कोरोना संक्रमण भएका मानिसहरुको अकस्मात मृत्यु हुनेको गरेको विषयमा रगत जम्नु प्रमुख कारणमध्येको एक रहेको बताएका छन् ।

डाक्टर प्रकाशका अनुसार कोरोना भाइरसका कारण मानिसको फोक्सोको रगत बग्ने नलीमा ब्लड क्लटिंग भइरहेको छ । रगत जम्नुको कारण अक्सीजनको सबै बाटो बन्द हुने गरेको र त्यसपछि कोरोना संक्रमित बिरामीको अकस्मात मृत्यु हुनेको गरेको छ ।
 
अन्य भाइरस संक्रमणको तुलनामा कोरोना भाइरसको संक्रमितहरुमा रगत जम्ने जटिलता धेरैमा देखिएओ छ जसले बिरामीको मृत्यु हुन थालेको छ । कोरोना भाइरसका कारण रगत किन जम्दैछ भन्ने विषयमा भने अध्ययन भइरहेको डा प्रकाशको भनाइ छ । विश्वभर कोरोना भाइरस संक्रमित बिरामीको रगतमा यो समस्या देखिएको पनि उनले बताएका छन् ।
 
डाक्टर वेद प्रकाशले कोभिड–१९ संक्रमित बिरामीमा रगत जमेको मात्राको जाँचका लागि डी डायमरको जाँच गर्ने गरेको भन्दै यदि डी डायमरको मात्रा बढेको छ भने त्यसपछि यसको उपचारका लागि तय गरिएको प्रोटोकल अपनाउने गरेको बताए । उनले रगतको ढिक्कालाई कम गर्नका लागि रगत पातलो बनाउने औषधि बिरामीलाई दिने गरेको बताए ।

यो औषधिको सेवनले शरीरमा जम्मा भएको रगतको ढिक्का पातलो र कम गरेर बिरामीलाई बचाउन सकिन्छ । एक्स रे र सीटी स्क्यानको माध्यमबाट पनि क्रुड एनालाइसिस गरेर पनि कोरोना संक्रमित बिरामीमा रगत जम्ने प्रक्रिया भए नभएको पत्ता लगाउन सकिने डा प्रकाश बताउछन् ।

त्यसबाहेक कोरोना भाइरस सन्क्रमितको अटोप्सीद्वारा पनि रगत जमेको नजमेको पत्ता लाउन सकिन्छ । अटोप्सीको माध्यमबाट मृत शरीरबाट फोक्सो निकालेर पनि त्यसको जाँच गर्न सकिने र बिरामीको मृत्युको कारण रगत जमेक वा नजमेको पत्ता लगाउन सकिने डा प्रकाशको भनाइ छ ।

यसअघि पनि बेलायतको एनएचकेले कोरोना संक्रमित बिरामीको मृत्यु रगत जमेर हुने गरेको बताएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts