भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो



Download our app to get more features

भारत, ३२ साउन । भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २६ लाख नजिक पुगेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा लगातार ५ं० हजारका दरले कोरोना संक्रमितको दर बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा भारतमा ६३ हजार ४ सय ९० जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २५ लाख ९० हजार ५ सय १ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा ९ सय ४४ जनाको मृत्यु भएको छ । योसँगै  भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५० हजार ९९ पुगेको छ ।.

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले भारतमा ६ लाख ७७ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या रहेको छ भने १८ ला ६२ हजारभन्दा बढी स्वस्थ भएका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts