कोरोना संक्रमणबाट विश्वमा ७ लाख ७२ हजार ७ सय ५१ जनाको मृत्यु

एजेन्सी, भदौ १ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमण बाट ७ लाख ७२ हजार ७ सय ३६ जनाले ज्यान गुमाएकाछन् । यस्तै १ करोड ४५ लाख ५१ हजार ६ सय ४९ जना उपचार पछि घर फिर्ता भएका छन।
भने कुल संक्रमीत २ करोड १८ लाख १५ हजार ८ सय ५३ रहेका जनाइएको छ। सबै भन्दा धेरै अमेरिकामा कोरोनाका कारण १ लाख ७३ हजार ९६ जनाको ज्यान गएको छ।
अमेरिकामा कुल संक्रमितको संख्या ५५ लाख ६५ हजार १ सय ९६ पुगेको डब्लूएचओले जनाएको छ।
अमेरिकालाइ पच्छ्याउदै ब्राजिल ३३ लाख ४० हजार १ सय ९७ जनामा कोरोना संक्रमण रहेको छ।
यसैगरी नेपालमा भने २६ हजार ६ सय ६६ जनामा संक्रमण देखिएका मध्ये १०५ जनाको ज्यान गएको छ भने १७ हजार ३ सय ३५ जना उपचार पछि घर फर्किएका छन।
Last modified on 2020-08-17 06:28:42