सङ्क्रमण बढ्न थालेपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सर्‍यो



Download our app to get more features

एजेन्सी,१ भदौ ।  कोरोना सङ्क्रमित फेरि देखिन थालेपछि न्यूजिल्याण्डको आम चुनाव एक महिना पछाडि सारिएको छ ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले कोरोना भाइरसका सङ्क्रमितहरु फेरि देखिन थालेपछि चुनाव एक महिना पछिका लागि सारिएको घोषणा गरेकीहुन् । 

न्यूजिल्याण्डमा आउँदो सेप्टेम्बर १९ मा आम चुनाव हुने भनिएको थियो । अब अक्टोबर १७ का लागि मतदानको मिति तोकिएको प्रधानमन्त्री ज्यासिन्डाले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री ज्यासिन्डाले चुनावको नयाँ मितिले चुनावी अभियान चलाउन अवसर दिने पनि बताएकाछन् । कोरोना भाइरसका सङ्क्रमित देखिएपछि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा फेरि लकडाउन गरिएको छ ।
न्युजिल्याण्डमा सङ्क्रमितको सङ्ख्या १६ सय २२ रहेको छ भने कोरोना भाइरसका कारण २२ जनाको ज्यान गएको छ ।
 

Last modified on 2020-08-17 20:34:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts