किन गनाउँछ पसिना ?



Download our app to get more features

काठमाण्डौ, ९ भदौ । गर्मी महिनामा शरीरबाट धेरै नै पसिना आउँछ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । यो ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर कतिपयको पसिनाको गन्ध नराम्रो हुन्छ । यो समस्याले धेरैलाई सताएको हुन सक्छ । 

पसिना गनाउँने कारण 

- वंशाणुगत कारण 
- ब्याक्टेरिया इन्फेक्सन
- लसुन प्याजको प्रयोग धेरै गरेर 
- मसालेदार खानेकुरा धेरै खाएर
- अल्कोहलको बढी प्रयोगले 
- जंक फुड खानाले 
- धुमपान गर्नाले 

समाधानका उपाय

- दिनहुँ नुहाउनु पर्छ, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्ने   
- हरेक दिन फिट्किरीको लेप लगाउने । 
- ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ  
- यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट लिनुपर्छ ।     

(छाला रोग विशेषज्ञ डाक्टर सन्जुबाबु श्रेष्ठसँगको कुराकानीमा आधारित )

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts