बेसार सेवन गर्दा जान्नैपर्ने मुख्य कुरा 



Download our app to get more features

काठमाण्डौ, १४ भदौ । हाम्रो भान्सामा दैनिक रूपमा प्रयोग हुने बेसारमा औषधिय गुण भएको कुरा वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्। कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार सेवन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार दिने गरेका छन्।

तर अत्यधिक मात्रामा बेसार सेवन गर्दा तथा बजारमा बेचिने मिसावट भएको बेसार प्रयोग गर्दा शरीरलाई लाभभन्दा हानि बढी हुनसक्ने विज्ञहरूले बताएकाछन् । नेपाली भान्साको अपरिहार्य मसालाुको गुणस्तरबारे पनि सर्वसाधारणहरू सजग रहनुपर्ने उनीहरूको भनाइ छ।

आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिमार्फत् कोरोनाभाइरसको रोकथामका उपाय र व्यवस्थापनसम्बन्धी सरकारी निर्देशिकामा पनि दैनिक रूपमा खानामा बेसार प्रयोग गर्न सुझाइएको छ।
बेसारका फाइदा के हुन् ? 
बेसारले शरीरमा जलन कम गर्ने काम गर्छ। बुढेसकालमा हात पाखुरा दुख्ने समस्या हुन नदिन पनि बेसारको भूमिका महत्त्वपूर्ण हुन्छ । 
त्यस्तै एन्टी(अक्सिडन्ट गुणका कारण छिट्टै छाला चाउरी नपर्ने जस्ता फाइदा हुन्छ ।
विभिन्न गुणका कारण बेसारलाई परम्परागत र आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ। यसलाई रङ्गका रूपमा पनि प्रयोग गरिन्छ।
पानीमा बेसार नघुल्ने बरु चिल्लोमा घुल्ने हुँदा दूधमा मिसाएर पिउँदा लाभ हुन्छ । 

कर्क्यमिन कहिलेकाहीँ हाम्रो आन्द्राले सोस्दैन। त्यसैले  दूध र बेसारमा थोरै मरिच मिसाएर पिउँदा अझ राम्रो हुन्छ। तर यो पनि अत्यधिक मात्रामा सेवन गर्नुहुदैन । 

अत्यधिक सेवन गरे के हुन्छ?
- बेसारले कोरोनाभाइरस मार्छ वा त्यसको सङ्क्रमण हुन दिँदैन भन्ने दाबीको वैज्ञानिक प्रमाण छैन । 
- बजारमा पाइने मिसावटयुक्त बेसारले त क्यान्सरसहित अन्य विभिन्न जटिल रोगको खतरा बढाउँछ । 
- बेसारको अत्यधिक प्रयोगले भने दीर्घकालीन रूपमा समस्या उत्पन्न गराउन सक्छ ।
- अत्यधिक बेसार सेवनले मिर्गौलामा समस्या भएकाहरूलाई खतरामा पार्ने तथा एलर्जीदेखि क्यान्सरसम्मको जोखिम हुन्छ ।
 

 

Last modified on 2020-08-30 12:28:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts