कोरोना संक्रमणको दर बढ्दै गएपछि इजराइलमा दोहोर्याएर लकडाउन गरिँदै



Download our app to get more features

एजेन्सी, २९ भदौ । इजराइलमा बढ्दो कोरोना संक्रमणको दरलाई ध्यानमा राखी दोहोर्याएर लकडाउन गरिने भएको छ । 

कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि दोहोर्याएर देशभरमा लकडाउन गर्न लागिएको हो । 

इजराइलको यहुदी समुदायले मनाउन लागेको नव वर्षको बेला कडा लकडाउन गर्न लागिएको प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले बताए ।

दोस्रो लकडाउन शुक्रवारबाट जारी हुने र तीन हप्ताका लागि जारी रहने पनि उनले बताए । 

प्रधानमन्त्री नेतन्याहुले दैनिक ४ हजारका दरले कोरोना संक्रमित थपिने क्रम जारी रहेकाले यसलाई नियन्त्रण गर्नका लागि लकडाउन जारी गर्दा त्यसले मुलुकमा ठूलो चुनौती पनि थपिने उल्लेख गरे ।
 
अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार ९० लाख जनसंख्या रहेको इजराइलमा हालसम्म ११ सय ८ जनाको कोरोना संक्तमणका कारण मृत्यु भइरहेको छ भने १ लाख ५३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसअघि इजराइलमा मार्चको अन्तिमदेखि मे महिनाको सुरुसम्म लकडाउन लगाइएको थियो ।

नयाँ प्रतिबन्ध अन्तर्गत १० जनाभन्दा बढी मानिसहरु जम्मा हुन नपाउने, २० जनाभन्दा बढी मानिसहरु बाहिर भेटघाट गर्न नसक्ने, विद्यालय र सपिंग मलहरु बन्द रहने, मानिसहरुलाई आफ्नो घरको ५ सय मिटरभित्रै रहनुपर्ने लगायतका रहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts