कोरोना भाइरस वुहान प्रयोगशालामा विकास गरिएको चिनियाँ वैज्ञानिक डा लीको दावी



Download our app to get more features

एजेन्सी, २९ भदौ । चीनका वैज्ञानिकले कोरोना भाइरसको विकास चीनकै प्रयोगशालामा गरिएको खुलासा गरेका छन् ।

चीनका एक वैज्ञानिकले वुहानको प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको दावी गरेकी छिन् । चीनकी महिला वैज्ञानिक एवं भाइरोलोजिस्ट डा. ली मेङ्ग यानले चीनको वुहान सहरमा रहेको एक प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको दावी गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

डा. ली हङ्गकङ्ग स्कूल अफ पब्लिक हेल्थका लागि काम गर्छिन् । डा. लीले आफ्नो अनुसन्धानमा प्रमाण फेला परेको र वुहानको प्रयोगशालामा नै कोरोना भाइरसको विकास गरिएको बताइकी छिन् ।
 
डा. लीको दावीपछि पुरै विश्वको नजर चीनमाथि एक पटक फेरि पुगेको छ । तर, चीनले भने यो तथ्यलाई अस्विकार गर्दै चीनमा अमेरिकी सैन्य अभ्यासको क्रममा अमेरिकाबाटै लिएर आएको र चीनमा छोडेको दावी गरेको छ ।
 
वियान वेबसाइटमा प्रकाशित समाचारका अनुसार डा. लीले एक अन्तर्वाताको क्रममा कोरोना भाइरसको विषयमा जुन बेला पत्ता लाग्यो त्यसै बेला सबैलाई जानकारी गराएपछि कसैले वास्ता नगरेको बताइन् । विश्व स्वास्थ्य संगठनले पनि यस विषयमा कुनै प्रतिक्रिया नदिएको र चीनका अधिकारीहरुलाई पनि यस विषयमा जानकारी गराउँदा कुनै वास्ता नगरेको डा लिको भनाइ छ । डा लिका अनुसार जुन प्रयोगशालामा कोरोना भाइरसको विकास गरिएको छ त्यो चीन सरकारको पूर्ण स्वामित्व र नियन्त्रणमा रहेको छ ।

डा. लीले कोरोना भाइरस जीवजन्तुको बजारबाट नफैलिएको भन्दै यो प्राकृतिक रूपले  पनि उत्पन्न नभएको दावी गरिन् । वुहानका स्थानीय डाक्टर र केहि गोप्य जानकारीको माध्यमबाट कोरोना भाइरस बजारबाट नफैलिएको र प्रयोगशालामा विकास गरेर बजारमा छोडिएको पुष्टि भएको डा लीले दावी गरिन् । प्रयोगशालामा विकास गरिएको कोरोना भाइरसको बारेमा चीनका अधिकारीहरुलाई जानकारी भएको मानिसबाट मानिसमा सर्ने विषयमा पनि उनीहरुलाई थाहा भएको डा लिको भनाइ छ । एक मानिसबाट अर्को मानिसमा तीव्र गतिमा यो भाइरस फैलिन थालेको र यसलाई नियन्त्रण नगरिएको महामारीको रुपले लिन सक्ने पनि चीनका अधिकारीहरुलाई जानकारी भएको पनि उनले प्रष्ट पारिन् ।

डा. लीले भनिन्, ‘मलाई सत्यता बाहिर नल्यानका लागि विभिन्न दवाव र ज्यान मार्ने धम्की चीनका अधिकारीहरुले दिएका थिए । त्यसकारण म चीन छोडेर अमेरिका आइपुगेको हुँ ।’

चीन सरकारले भने डा लिमाथि चीनको विरुद्ध गलत जानकारी फैलाउनेका लागि केही व्यक्तिले प्रयोग गरेको आरोप लगाएको छ ।

चीनिया भाइरोलोजिस्ट डा. लीका अनुसार भाइरस उत्पतिको पहिचानका लागि वैज्ञानिक हुनु आवश्यक रहेको भन्दै भाइरसको जीन सिक्वेन्स मानिसको औंलाको छापको समान हुने गरेको र जसको आधारमा भाइरस प्रयोगशालामा बनाइएको हो वा प्राकृतिक रुपले उत्पन्न भएको हो बारेमा पत्ता लगाउन सकिन्छ ।

डा. लीले भनिन्, ‘कुनैपनि भाइरसमा मानवीय फिंगरप्रिन्टको उपस्थिति नै त्यसको उत्पति पत्ता लगाउन पर्याप्त हुने भन्दै त्यसबाट भाइरसको उत्पतिको प्रकारबारे पत्ता लगाउन सकिन्छ । भाइरसलाई हराउनका लागि हामीलाई त्यसको उत्पत्तिको बारेमा थाहा हुनु पर्छ । यदि चीनले विश्वलाई सत्य बताइदिएको भए सायह यो महामारी हाम्रो नियन्त्रणमा हुने थियो ।’


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts