भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

भारत, ३१ भदौ । भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ८१ हजार ९ सय ६४ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा कोरोना संक्रमणका कारण ५० लाख १८ हजार नाघेको छ ।

भारतमा कोरोना संक्रमण अनियन्त्रित हुँदै गएको र महामारीका कारण मानिसहरु तीव्र गतिमा चपेटामा आउन थालेको छ । भारतमा दिनकै ९० देखि ९७ हजारका दरले कोरोना संक्रमित थपिँदै गएको छ । जुन संख्या एकैदिन थपिनेमा विश्वकै सबैभन्दा धेरै हो । 

यस्तै भारतमा कोरोना संक्रमणका कारण हालसम्म ८२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हाल देशभर ९ लाख ९३ हजार ७५ सक्रिय संक्रमितको संख्या रहेको छ । 

गसैगरि भारतमा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ३९ लाख ३१ हजार ३ सय ५६ जना स्वस्थ भइसकेको छन् । 

कोरोना महामारीको प्रभाव सबैभन्दा बढी महाराष्ट्रमा परेको छ । महाराष्ट्रपछि भारतको आन्ध्र प्रदेश, कर्नाटक, उत्तर प्रदेश, तमिलनाडू र दिल्ली सबैभन्दा बढी प्रभावित बनेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts