विश्वमै पहिलोपटक कोरोना संक्रमित महिलाले जन्माएको शिशुमा कोरोना संक्रमण



Download our app to get more features

एजेन्सी, १ असोज । विश्वमै पहिलो पटक गर्भवतिले जन्माएको शिशुमा कोरोना संक्रमण दखिएको छ । 

बेलायतमा एक महिलाले जन्माएकी जुम्ल्याहा शिशुहरुमा कोरोना संक्रमण देखिएको हो ।

बेलायतको मिरर अनलाईन रिपोर्टका अनुसार ३ जुलाईमा बेलायतमा जन्म भएको थियो । कोरोना संक्रमित गर्भवति महिलाले जन्माएकी जुम्ल्याहा शिशिहरुमा कोरोना संक्रमण देखिएको थियो । जसको जानकारी उनका आमाबुबालाई दिइएको थियो ।

रिपोर्टका अनुसार ३२ वर्षीया महिलामा कोरोना संक्रमणको कुनैपनि लक्षण देखिएको थिएन । तर, उनी एकदमै चिन्तित थिइन् । डाक्टरहरुले दुबै बच्चामा गर्भनालको माध्यमबाट आमाबाट कोरोना संक्रमण भएको हुन सक्ने बताएका छन् । तर, कोरोना संक्रमण देखिएपनि ती बच्चाहरु हाल स्वस्थ भइसकेका छन् ।.

कोरोना संक्रमण देखिएका ती जुम्ल्याहा शिशुहरु ६ हप्तामै स्वस्थ भइसकेका थिए ।

कोरोना संक्रमित गर्भवति महिलाबाट जन्मिएका शिशुमा कोरोना संक्रमण भएको यो विश्वकै पहिलो घटना रहेको पनि बताइएको छ । बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार यसअघि कोरोना संक्रमित महिलाबाट जन्मिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो । 

विश्व स्वास्थ्य संगठनले पनि यसअघि कोरोना संक्रमित महिलाबाट जन्मिकएका शिशुमा कोरोना संक्रमण नहुने बताएपनि यो घटना भने नोलो भएको र कसरी ती शिशुमा कोरोना संक्रमण देखिएको हो भन्ने विषयमा अध्ययन गर्न थालेको बताएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts