अपडेट

कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३ करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, १ असोज । विश्वभर कोरोना भाइरसका कारण संक्रमितको संख्या ३ करोड नाघेको छ ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार ९ महिनामा कोरोना भाइरसका कारण विश्वभर संक्रमित हुनेको संख्या ३ करोड नाघिसकेको छ ।

विश्वविद्यालयका अनुसार कोरोना संक्रमणका कारण हालसम्म ३ करोड ३४ हजार ५ सय बढी संक्रमित भएका छन् । 

कोरोना संक्रमणका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । अमेरिकामा हालसम्म ६८ लाख २८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २ लाख १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित बनेको भारतमा हालसम्म ५१ लाख १५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैगरी कोरोना महामारीका कारण ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ । ब्राजिलमा हालसम्म कोरोना संक्रमणका कारण एक लाख ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ४४ लाख २१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

यसैगरी हालसम्म विश्वभर कोरोना संक्रमणका कारण विश्वभर संक्रमित भएकामध्ये २ करोड १८ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् । जबकी हालसम्म कोरोना संक्रमणका कारण ९ लाख ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

Last modified on 2020-09-17 09:32:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts