कोरोना खोपको परीक्षणमा सहभागी बिरामी हुनुको कारण खोप नहुनसक्छ : अक्सफोर्ड विश्वविद्यालय



Download our app to get more features

एजेन्सी, १ असोज । अक्सफोर्ड विश्वविद्यालयले कोरोना खोपको परीक्षणमा सहभागी विरामी हुनुको कारण कोभिड १९ खोप नभएको हुनसक्ने जनाएको छ।
सहभागीको जानकारी दिने एक दस्तावेज अनलाईनमा पोस्ट गर्दै अक्सफोर्डले यस्तो जनाएको हो।

अक्सफोर्ड विश्व विद्यालयका अनुसन्धानकर्ताहरूले एस्ट्राजेनेकासँग मिलेर कोभिड १९ को खोप विकास गरिरहेका छन् जुन अहिले परीक्षणको अन्तिम चरणमा छ। 
उनीहरूले विकास गरिरहेको यो खोप विश्वमा विकास भइरहेका खोप भन्दा अगाडि र प्रभावकारी भएको मानिदैं आइएको छ।

परीक्षणमा सहभागी एकजनामा स्वास्थ्य समस्या देखिएपछि उसले संसारभर भइरहेको परीक्षण केही समयका लागि रोक्नुपरेको थियो।

परीक्षणमा सहभागी ती व्यक्ति ट्रान्सभर्स मायेलिटिस भनिने दुर्लभ मेरुदण्डको इन्फ्लेमेटरी डिसअर्डरसँग सम्बन्धित न्यूरोलॉजिकल लक्षणबाट पीडित भएको बताइएको छ।

स्वतन्त्र समीक्षाले विरामी हुनुको पछाडी खोपसँग सम्बन्धित नभएको वा भएको हो भन्नका लागि निश्चित कारणहरू नभएको भेटिएको छु, अक्सफोर्डले सार्वजनिक गरेको दस्तावेजमा भनिएको छ।

रोकिएको खोप परीक्षण हाल अमेरिका बाहेक ब्रिटेन, ब्राजिल र दक्षिण अफ्रिकामा सुरू भइसकेको रोयटर्सले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts