भारतमा कोरोनाका कारण बालविवाह र बेचबिखनका घटना बढ्यो  



Download our app to get more features

एजेन्सी, २ असोज । कोरोना भाइरसका कारण भारतमा बाल विवाह र बेचबिखनका घटना बढेका छन् । 

कोरोना भाइरसको महामारीपछि भएको लकडाउन लगायतका कारण बढेको बेरोजगारीका कारण बालविवाह र बेचबिखनका घटना बढेका पाइएको बीबीसीले जनाएको छ । 

कोरोनाको महामारीपछि बेरोजगारी बढेको, विद्यालय बन्द भएका जस्ता कारणले भारतमा बालिकाहरु जोखिममा परेका छन् ।

घरको आर्थिक स्थिति कमजोर भएका कारण बालिकाहरुको सानै उमेरमा नै विवाह गरिदिने घटना बढेका छ्न् । 

भारतको कानुनले १८ वर्षमुनिका बालिकाको विवाहमा रोक लगाएको छ । संयुक्त राष्ट्र सङ्घीय बालकोष यूनिसेफका अनुसार भारतमा हरेक  वर्ष १५ लाख बालिकाको कम उमेरमा नै विवाह हुने गरेको छ । 

सरकारी तथ्याङ्कअनुसार कोरोनापछिको लकडाउनका कारण रोजगारी गुमाएपछि एक करोड मानिस घर गाउँ फर्किएका छन् ।
 घरगाउँ फर्किएका केही अभिभावकले छोरीको सानै उमेरमा विवाह गरिदिने गरेका छन् ।

Last modified on 2020-09-18 11:50:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts