रूसी कोरोना विरुद्धको खोपः प्रत्येक सात व्यक्तिमध्ये एक जनामा साईडइफेक्ट



Download our app to get more features

एजेन्सी, २ असोज । रूसले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप फेरि विवादमा परेको छ ।

रूसले दावी गरे अनुसार विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको खोप स्पुतनिध भी को परीक्षणको क्रममा प्रत्येक सात मध्ये १ जनामा साइड इफेक्ट देखिन थालिएको छ ।

रूसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले मस्को टाइम्सलाई दिएको जानकारी अनुसार कोरोना भाइरस विरुद्ध विकास गरिएको खोपको परीक्षणको क्रममा प्रत्येक सात मध्यये एक जनामा खोपको साइड इफेक्ट देखिएको हो । उनले खोप लगाइएका स्वयंसेवी मध्ये १४ प्रतिशत मानिसमा साइड इफेक्ट देखिएको छ ।

रूसको समाचार संस्था मस्को टाइम्सले स्वास्थ्य मन्त्री मुराश्कोसँग गरेको कुराकानीमा खोप लिएका प्रत्येक सातमध्ये एक जनामा कमजोरी र मांशपेशीमा दुखाई देखिने जस्ता साइड इफेक्ट देखिएको छ । तर, साइड इफेक्ट देखिएको एक दिनमै सबै स्वस्थ भइसकेका थिए ।
 
रूसले विकास गरेको स्पुतनिक भी को क्लिनिकल परीक्षणको सुरुवाति नतिजा ४ सेम्टेम्बरमा द लेसेन्ट नामक जर्नलमा प्रकाशित गरिएको थियो । ७६ जनामा गरिएको खोपको परीक्षण दुई भागमा खोप लगाइएको थियो । नतिजामा स्पुतनिक भी पूर्ण रुपले सुरक्षित रहेको र २१ दिनमा स्वयंसेवीको शरीरमा यसको कुनैपनि गम्भीर असरबिना एन्टीबडीको विकास भएको थियो । 

त्यस्तै द लेसेन्टमा खोपको साइड इफेक्टको बारेमा पनि उल्लेख गरिएको थियो । जसमा ५८ प्रतिशत मानिसमा खोप लगाइएको ठाउँमा दुख्ने, ५० प्रतिशतमा उच्च ज्वरो, ४२ प्रतिशतमा टाउको दुख्ने, २८ प्रतिशतमा कमजोरी र २४ प्रतिशतमा मांसपेशीमा दुखाई हुने जस्ता समस्या देखिएको थियो ।

रूसले विकास गरेको भनिएको कोरोना विरुद्धको खोपको तेस्रो चरणको परीक्षण जारी छ । परीक्षण पुरा नहुँदै मानिसमा यो खोप लगाउन थालिएको छ । साथै अन्य मुलुकले पनि रूसको खोप खरिद गर्नका लागि सम्झौता गर्ने तयारी गरेका छन् भने लगानी पनि गर्न तयार छन् ।

११ अगस्टमा रूसको गामेलेया साइन्टिफिक रिसर्च इन्स्टीच्यूटले स्पुतनिक भी नामक  खोपको लञ्च गरेको थियो । खोपको लञ्च भएकै दिनदेखि विवादित बन्दै आएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts