जनावरमा लाग्ने रोग मानिसमा देखिएपछि चीनमा ३२ सयभन्दा बढी संक्रमित



Download our app to get more features

एजेन्सी, ३ असोज । कोरोना महामारीका बीच चीनमा नयाँ रोगको संक्रमण देखिएको छ ।

नयाँ संक्रमणका कारण चीनमा झन्डै ३२ सयभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

चीनको उत्तर–पश्चिम गान्सू प्रान्तको लान्झोउमा नयाँ संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । लान्झोउ भेटेनरी रिसर्च इन्स्टीच्यूटले गत डिसेम्बरमा यस संक्रमणको बारेमा एन्टीबडी को सूचना सरकारलाई दिएको थियो ।
 
चीनको गान्सू प्रान्तमा हालसम्म २१ हजार ८ सय  ४७ जनाको जाँच गरिएको छ । जसमा ४ हजार ६ सय ४६ जनामा संक्रमण देखिएको छ । जसमा ३ हजार २ सय ४५ जना बिरामी भएका छन् । गान्सू प्रोभेन्सियल सेन्टर फर डिजीस कन्ट्रोल एन्ड प्रिभेन्शनले  बताए अनुसार नयाँ रोगको नाम ब्रुसेलोसिस (Brucellosis) हो ।

ग्लोबल टाइम्सका अनुसार ब्रुसेलोसिसमाथि रेखदेखका लागि लान्झोउ भेटेनरी रिसर्च इन्स्टीच्यूटले देशका ११ पब्लिक मेडिकल इन्स्टीच्यूशन्स र अस्पताललाई काममा लगाइएको छ । यी अस्पतालमा ब्रुसेलोसिसबाट संक्रमित बिरामीको उपचार निःशुल्क हुने जनाइएको छ ।
 
ब्रुुसेलोसिस एक यस्तो रोग हो जुन ब्याक्टेरियाबाट हुन्छ । सामान्यतया यो रोग जनावरहरुमा हुने गरेको छ । यस रोगमा मानिसहरुमा उच्च ज्वरो, टाउको दुख्ने र छटपटि हुने जस्ता लक्षण देखिन्छ । यस्तै यस रोगको संक्रमणपछि पुरुष र महिलाको अन्डकोष बिग्रिन्छ । त्यसबाहेक यसले प्रजनन् क्षमता र प्रजनन प्रणालीलाई पनि पूर्ण रुपले नष्ट गरिदिन्छ ।

२४ जुलाई २०१९ देखि २० अगस्त २० सम्म झोन्गमू लान्झोउ बायोलोजिकल फार्मास्यूटिकल उद्योगले ब्रुसेलोसिस विरुद्धको खोप बनाउनका लागि एक्सपायर्ड डिसइन्फेक्टेन्टको उपयोग गरेको थियो । यस खोपको उपयोग जनावरको उपचारका लागि गरिनेछ । सामान्यतया भेडा बाख्राका लागि यस खोपको प्रयोग गरिन्छ । 

यो रोग विशेष गरि ट्याङ्कबाट निस्किने तरल पदार्थमा यो रोगको संक्रमण देखिएको थियो । 

२०२० को १३ जनवरीमा लान्झोउ बायोलोजिकल फार्मास्यूटिकल उद्योगलाई खोप बनाउनका दिइएको लाइसेन्स अनुमति रद्द गरि दिएको थियो । त्यसपअछि त्यहाँ बनरिहेको ब्रुसेलोसिस खोप स्ट्रेन एस–२ र ए–१९ लाई १५ जनवरीमा रद्द गरिदिएको थियो । खोपसँग सम्बन्धीत अन्य सात मेडिकल उत्पादकको लाइसेन्स पनि रद्द गरिएको छ भने मानिसको ज्यान जोखिममा पारेको भन्दै आठ जनालाई सजाय सुनाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts