अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ७ असोज । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या २ लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ७ सय १० पुगेको हो। अमेरिकामा हालसम्म ६८ लाख ९० हजार १४ जना संक्रमित भएका छन्। 

अमेरिकामा सबैभन्दा बढी प्रभावित राज्य न्युयोर्कमा ३३ हजार ९० जनाको मृत्यु भएको छ। यस्तै, न्युजर्सीमा १६ हजार ७६, टेक्सासमा १५ हजार २ सय २, क्यालिफोर्नियामा १५ हजार १ सय ७१, फ्लोरिडामा १३ हजार ४ सय १६ र म्यासाचुसेट्समा ९ हजार ३ सय २८ जनाको मृत्यु भइसकेको छ।

 

Last modified on 2020-09-23 11:16:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts