राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस

सुरक्षित गर्भपतन गराउँदाका फाइदाबारे डाक्टर श्रेष्ठका यस्ता छन् सुझाव



Download our app to get more features

काठमाडौं, १० असोज । आज छैठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ । 

सुरक्षित गर्भपतन नगराएका कारण धेरै महिलाले वर्षेनी ज्यान गुमाउनु परेको छ । कतिपयले थाहा हुँदाहुँदै पनि असुरक्षित गर्भपतन गराइरहेका छन् भने कतिपयले अन्जानमा यस्तो कार्य गरिरहेका छन् । सुरक्षित गर्भपतन गराउँदाका फाइदा र कस्तोलाई सुरक्षित गर्भपतन भनिन्छ भनेर प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर उषा श्रेष्ठ खाँडले हाम्रो डाक्टरसँग केही सुझाव दिएकी छिन् ः

नेपालमा गर्भपतन गराउनेको संख्या वर्षीनी बढ्दो क्रममा छ । सरकारले ०७३ सालबाट गर्भपतनलाई कानुनी मान्यता दिएपछि यो क्रम अझै बढेको अध्ययनहरुले देखाएका छन् । यद्यपि, असुरक्षित गर्भपतन गराउनेको संख्या अझै पनि सुरक्षित गर्भपतन गराउनेकै हाराहारीमा छ ।

जसले गर्दा महिलाले भविष्यमा विभिन्न खालका जटिल स्वास्थ्य समस्याको सामाना गर्नु परिरहेको छ ।

यसरी गरिन्छ सुरक्षित गर्भपतन सरकारले गर्भपतन गराउने अनुमति दिएका आधिकारी संस्थाबाट भएको गर्भपतन मात्रै सुरक्षित हुन्छ ।

यी संस्थाले सरकारले तय गरेको लोगो प्रयोग, औषधि र दक्ष स्वास्थकर्मीद्वारा मात्रै गर्भपतन गराउँछन् । यस्ता संस्थामा निःशुल्क सुरक्षित गर्भपतन गराइन्छ ।

कति अवधिको गर्भ पतन गराउन पाइन्छ ? लिंग पहिचान नहुँदै वा १२ सातासम्मको गर्भलाई गर्भवतीको राजीखुसीमा पतन गराउन पाइन्छ । यसबाहेक हाडनाता करणी र बलात्कारबाट रहेको गर्भलाई १८ सातासम्ममा सुरक्षित तरीकाले पतन गराउन पाइन्छ ।

साथै गर्भवतीको स्वास्थ्यमा असर गरि ज्यान नै खतरामा रहने अवस्था सृजना भए चिकित्सकको सल्लाह बमोजिम जुनसुकै अवस्थामा गर्भपतन गराउन पाइन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने गर्भपतन गराउने २० देखि ३५ वर्षका महिला बढी छन् ।

सुरक्षित गर्भपतनका फाइदा सबै भन्दा राम्रो त गर्भपतन गराउनुपर्ने अवस्था आउनै नदिनु हो ।

यसको लागि आफ्नो उमेर सुहाउँदो परिवार नियोजनका साधानको प्रयोग गर्नुपर्छ । जसले गर्भ रहन दिदैन् । यदि अनिच्छामा गर्भ बसिहल्यो भने यस्तो गर्भलाई सुरक्षित तरिकाले पतन गराउनु पर्छ ।

जसले गर्दा भविष्यमा आउने विभिन्न जटिलताबाट मुक्ति मिल्छ । जस्तै बढी रगत गएर अस्पताल भर्ना हुनुपर्ने, पछि चाहेको बेलामा गर्भ नरहने अवस्था आउन सक्छ ।

बजारमा गर्भपतन गराउने औषधिहरु सहजै पाइन्छ । यस्ता औषधिलाई कतिले त परिवार नियोजनको साधानको रुपमा समेत वर्षैपिच्छे प्रयोग गर्ने गरेको पाइन्छ ।

भ्रुण पाठेघरको नलीमा बसेको अवस्थामा वा आदिमात्र भ्रुण बाहिर गए यसले पेट दुख्ने, चाहेको बेला बच्चा नबस्ने, बढी रगत जाने, पाठेघर नै फ्याक्नु  पर्ने र पछि क्यान्सर समेत हुनसक्छ ।

यसर्थ पनि गर्भपतन गराउने अवस्था नै आउन नदिनु राम्रो र यदि यो अवस्था आइहाले सुरक्षित तरीकाले मात्र गर्भपतन गरायो भने यस्ता नकारात्मक प्रभावबाट जोगिन सकिन्छ ।

Last modified on 2020-09-26 11:23:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts