नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो

एक लाख १५ हजारभन्दा बढी पुरुषमा संक्रमण



Download our app to get more features

काठमाडौं, १५ कात्तिक । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ७० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टमा ९ हजार २ सय ७९ पिसिआर परीक्षण गर्दा ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा कोरोन पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ ।

नेपालमा संक्रमित भएकामध्ये एक लाख १५ हजारभन्दा बढी पुरुषमा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा देखिएका संक्रमितमध्ये पुरुषको संख्या १ लाख १५ हजार २ सय ६६ रहेको छ । यो कुल संक्रमितको ६८ प्रतिशत हो ।

यस्तै महिलामा देखिएको संक्रमण दर ३२ प्रतिशत रहेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ५५ हजार ४ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

Last modified on 2020-10-31 16:28:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts