किन झर्छ कपाल ?



Download our app to get more features
Spark_health_home

काठमाडौं, २० कात्तिक । कपालले मान्छेलाई सुन्दर मात्रै देखाउँदैन आकर्षक पनि देखाउने गर्छ । कपालले मानिसलाई स्टाइलिस देखाउनुका साथै केहि हदसम्म व्यक्तित्वको पहिचानमा समेत मद्दत पुग्छ। सबैले आफ्नो कपाल राम्रो होस्, बाक्लो होस्, अर्थात नझरोस् भन्ने चाहान्छ। मानिसको रहनसहन खानपान तथा पानीको प्रयोगले कपाल झर्छ।
मानिसले कपाल झर्न रोक्नका लागि विभिन्न उपायहरू अपनाउँछन्।तर, सबैले कपाल बचाउन सक्दैनन्।

कतिपय व्यक्तिहरूको उमेर नपुग्दै तालु खुइलिएको देखिन थाल्छ। कपाल झर्नु अहिलेका युवाहरूको प्रमुख समस्या हो। कपाल झर्ने समस्याबाट जोकोही पनि मुक्त हुन चाहन्छ। जसका लागि विभिन्न थेरापी रंगरोगन कपालको ट्रिटमेन्ट, विभिन्न भेराइटीका साबुन स्याम्पुको प्रयोग गर्छन्। तर, कपाल झर्ने समस्याबाट सबैले मुक्ति पाउन सक्दैनन्।

vayoda

यसरी कपाल झर्ने समस्याबाट युवा पुस्ताले हैरानी व्यहोरि रहेको छ। कपाल झर्दा टोपी लगाउपर्ने झन्जट र साथी भाइले जिस्क्याउलान भन्ने डर पनि उत्तिकै हुन्छ।

किन झर्छ कपाल ?
कपाल झर्ने समस्याबाट धेरै मानिस चिन्तित हुने गरेका छन् । व्यक्तिको वास्तविक ‘लुक देखाउन कपालको महत्वपूर्ण भूमिका हुन्छ । हेयर स्टाइल मात्र बदलियो भने पनि व्यक्तिको सुन्दरतामा निकै अन्तर आउँछ । कपालले अनुहारको वास्तविक  सुन्दरता देखाउन मद्दत गर्छ ।

कपाल झरेर तालु खुइलिनु कुनै जटिल रोग होइन । तर, पनि कपाल मानिसको सौन्दर्यसँग जोडिने भएकाले तालु खुइलिएकाहरू पुनः कपाल प्राप्तिका लागि विभिन्न उपाय गरिरहेका हुन्छन् । कपाल विभिन्न कारणले झर्छ । वंशानुगत कारणका साथै थाइराइड, क्यान्सर, डाइटिङ, तनाव आदिका कारण पनि कपाल झर्छ ।

हार्मोनको कारणले पनि कपाल झर्छ । कपाल झर्नुलाई मेडिकल भाषामा ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ भनिन्छ । हाम्रो टाउकोमा हुने कपाल दुई प्रकारका हुन्छन्, एन्ड्रोजेन सेन्सेटिभ र एन्ड्रोजेन इन्सेन्सेटिभ । एन्ड्रोजेन सेन्सेटिभ भनेको टाउकाको अगाडिपट्टिको भागमा हुन्छ ।

यो भएको स्थानमा कपाल धेरै झर्छ । त्यसैले अधिकांश मानिसको निधारपट्टिबाट कपाल झर्दै जान्छ र तालु देखिने अवस्था आउँछ । पुरुषहरूको कपाल झर्न थालेपछि विद्वान भएछ वा धेरै पढ्न थालेछ भनेर साथीभाइका बीचमा हँसीमजाक गर्ने गरिन्छ ।

तर, कपाल झर्नु न विद्वान भएको लक्षण हो, न धेरै पढेर कपाल झर्ने हो । शरीरमा हुने हार्मोनको गडबडी र वंशानुगत कारण तथा कपालमा बढी केमिकल मिसाइएका स्याम्पू र साबुनको प्रयोगले कपाल झर्ने गर्छ । वंशानुगत कारणले कपाल झर्नुलाई ‘एन्ड्रोजेनेटिक एलोपेसिया भनिन्छ ।

परिवारमा बुबा वा हजुरबुबाको कपाल कम उमेरमा झरेको छ भने त्यसको वंशानुगत असर छोरानातिमा पर्छ । यसको मुख्य कारण ‘डाइहाइड्रो टेस्टोस्टेरोनु भन्ने हार्मोन हो । यसका कारण कपालको जरा सुकेर जान्छ । यो प्रकारको वंशानुगत रोग हो ।

यसको मेडिकल उपचारको साथसाथै अहिले विश्वमा कपाल प्रत्यारोपण एक प्रभावकारी उपायका रूपमा अपनाउन थालिएको छ । नेपालमा पनि प्रभावकारी कपाल प्रत्यारोपण सेवा उपलब्ध छ ।  सन् २०११ मा दक्षिण कोरियामा गएर हेयर ट्रान्सप्लान्टका विज्ञ डा. जङ चुल किमसँग कपाल प्रत्यारोपणसम्बन्धी तीन महिनाको तालिम लिएर आएपछि कपाल प्रत्यारोपण गर्न थालेको  अनुभव डा. सञ्जुबाबु  श्रेष्ठको रहेको छ ।  

‘नन–एन्ड्रोजेनेटिक एलोपेसियाु चाहिँ हर्मोनको कारणले हुने समस्या होइन । मानिसको जीवनशैली र कपाल नुहाउँदा प्रयोग गरिने स्याम्पूमा हुने केमिकलको मात्राका कारण पनि धेरैको कपाल झर्ने गरेको पाइन्छ । धेरै नै कपाल झर्‍यो भने चिकित्सको सल्लाहमा मिनक्ससिडिल औषधि प्रयोग गर्नुपर्ने हुन्छ । बढी समय हेलमेट लगाउनेको कपाल झर्नसक्छ ।

कपालमा चाया परेको छ भने पनि कपाल झर्ने हुन्छ । कपाल झर्नबाट जोगाउन आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ । प्रयोग गर्ने स्याम्पूमा केमिकलको मात्रा कति छ, त्यो हेर्ने गर्नुपर्छ । जथाभावी हेयर कलर गर्नु हुँदैन । कपालको स्टाइल चेन्ज गर्ने भन्दै कपाललाई हानि पुर्‍याउने काम गर्नु हुँदैन । 

(विना न्यौपानेले छाला  तथा यौन रोग विशेषज्ञ तथा हेयर ट्रान्सप्लान्ट सर्जन डा. सञ्जु बाबु श्रेष्ठसँग गरेको कुराकानीमा आधारित )

Hamro Doctor
Last modified on 2020-11-05 10:49:59

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts