वरिष्ठ सर्जन डा. ध्रुव शर्मा मुडभरीको कोरोना संक्रमणबाट निधन

Download our app to get more features
काठमाडौं, ६ मंसिर । ओम अस्पतालका संस्थापक सदस्य डा. धुव्र शर्मा मुडभरीको निधन भएको छ।
कोरोना संक्रमित सिनियर सर्जन डा. मुडभरीको आज दिउँसो ४ बजे निधन भएको ओम अस्पतालले जनाएको छ । ७७ वर्षको उमेरमा डा. मुडभरी अस्पतालका अनुसार उनी १५ दिन अघिदेखि कोरोना भाइरस सँग लड्दै आएका थिए।
कोरोना संक्रमण भएपछि उनलाई कडा निमोनिया भएको थियो। केही दिन ओमकै आइसियुमा उपचाररत थिए । डा. मुडभरी धेरै वर्ष वीर अस्पतालको निर्देशक भएर नेतृत्व पनि गरेका थिए।
डा. मुडभरीले राजा विरेन्द्र शाहको पालामा ‘शाही चिकित्सक’का रुपमा पनि भूमिका निभाएका थिए।































