डडेल्धुराको अमरगढीमा एकजना कारोना संक्रमितको मृत्यु



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

धनगढी, १४ मंसिर । डडेल्धुराको अमरगढीमा नगरपालिकामा एक कारोना संक्रमितको मृत्यु भएको छ।

डडेल्धुरा अस्पतालको आइसोलेनमा उपचाररत अमरगढी नगरपालिका–५ की ७२ वर्षीया कमलादेवी नगरकोटीको आइतबार बिहान मृत्यु भएको हो।

vayoda

निमोनिया तथा छातीको समस्याले ग्रसित रहेकी उनीमा केही दिनअघि कोरोना संक्रमण भेटिएको थियो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको शव रणबम गण दह ब्यारेगले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ।

Hamro Doctor
Last modified on 2020-11-29 13:56:39

Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts