चितवनमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ६३, ४ स्थानीय तहमा दशभन्दा कम



Download our app to get more features

चितवन, १ पुस । चितवनमा कोरोनका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । 

मंगलवारसम्म चिवतनका सातमध्ये ४ स्थानीय तहमा सक्रिय संक्रमितको संख्या १० भन्दा कममा झरेको छ । 

स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार मंगलवार दिउँसोसम्म चार वटा स्थानीय तहमा सक्रिय संक्रमित दशभन्दा कम रहेका छन् ।

सक्रिय संक्रमित कम रहेकोमा कालिका नगरपालिकामा ९, इच्छाकामना गाउँपालिकामा २, माडी र राप्ती नगरपालिकामा समान ८/८ जना रहेका छन् ।

त्यस्तै, खैरहनी नगरपालिकामा १६, रत्ननगर नगरपालिकामा ३३ र सबैभन्दा बढी सक्रिय संक्रमित भरतपुर महानगरपालिकामा २ सय ८७ जना छन् । 

जिल्लाभर मंगलवार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या ३ सय ६३ रहेको छ । त्यसमध्ये ३ सय २२ जना होम आइसोलेसन, २० जना संस्थागत आइसोलेसन र २१ जना अस्पताल भर्ना भई उपचाररत रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी मंगलवार दिउँसोसम्म जिल्लाभर कोरोना संक्रमित हुनेको संख्या ६ हजार एकसय १६ पुगेको छ । जसमध्ये जिल्लाभर मात्रै अहिलेसम्म पाँच हजार ६ सय ६४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ९२ दशमलव ४५ प्रतिशत हो ।

त्यस्तै, जिल्लाका संक्रमित मध्ये अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ । यो मृत्युदर जिल्लाभर कुल संक्रमितको एक दशमलव ६१ प्रतिशत हो । मृत्यु हुनेमा ६० जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ३९ जना जिल्लाका अन्य पालिकाका छन् ।

जिल्लामा माडी नगरपालिकामा भने अहिलेसम्म संक्रमित मध्ये कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2020-12-16 07:48:48

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts