थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ७५ कोरोनामुक्त

Download our app to get more features
काठमाडौं, ४ पुस । नेपालमा थप ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ सय ८० पिसिआर परीक्षणमा थप ७ सय १० जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप एक हजार १ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४२ हजार ५ सय ६७ पुगेको छ ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ४० रहेको छ ।































