सरकारले माग सम्बोधन नगरेपछि चरणबद्ध आन्दोलनमा नेपाल संयुक्त स्वास्थ्य संघर्ष समिति



Download our app to get more features

काठमाडौं, ८ पुस । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै स्वास्थ्य क्षेत्रका विभिन्न २३ वटा पेशागत तथा स्वास्थ्य सेवामा क्रियाशील टे«ड यूनियन संघ संगठनहरुले संयुक्त रुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् । 

vayoda

समितिले माग सुनुवाइका लागि मंसिर ७ गते सरकारलाई २१ दिने अल्टिमेटम दिएको थियो । त्यसपश्चात पनि समितिले थप ७ दिनका लागि समयावधि थप गर्दै सरकारलाई वार्ता र माग सम्बोधनका लागि समय दियो । तर, सरकारले माग पूरा गर्ने विषयमा कुनै पनि चासो नदिएको भन्दै आन्दोलनमा जान बाध्य भएको समितिले जनाएको छ । 

मंगलवार बसेको संयुक्त संघर्ष समितिको बैठकले देशभरका सम्पूर्ण सरोकारवाला संघ संस्था, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुले पूर्ण रुपमा पालना गरी घोषित आन्दोलनका कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ ।

समितिले पहिलो चरणमा जनजागरण अभियान अन्तर्गत पुस ११ गते ७ वटै प्रदेशमा विभिन्न रचनात्मक कार्यक्रम तथा स्वास्थ्यकर्मीहरुलाई जागरण गराउने छ भने पुस १२ गते बिहान ११ बजेदेखि साढे १२ बजेसम्म माइतीघर मण्डलामा प्ले कार्ड सहित मौन धर्नामा बस्ने कार्यक्रम तय गरेको छ । 

पहिलो चरणको आन्दोलनपछि पनि यदि सरकारले माग सम्बोधन नगरे दोस्रो चरणको आन्दोलनमा जाने समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिले कोभिड लगायत जनताको अन्य जटिल रोगको सम्पूर्ण उपचार राज्यले निशुल्क गर्नुपर्ने, आईसीयू, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालहरुमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, स्वास्थ्यकर्मीहरुलाई उपलब्ध गराउने भनिएको उत्प्रेरणात्तम योजना जस्तै जोखिम भत्ता, संचार तथा यातायात खर्च, बिमा, मृत्युपश्चात दिइने खर्च वा रकम सरकारी तथा निजी सबै स्वास्थ्यकर्मीहरुलाईए सहज तरिकाले उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न १८ बुँदे माग राखेको छ ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts