नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार नाघ्यो, ४ सय ३ नयाँ संक्रमित थपिए



Download our app to get more features
Happy new year 2021

काठमाडौं, २० पुस । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर संक्रमित भएकामध्ये थप ५ सय ९४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ । यो दर कुल संक्रमितको ९७ दशमलव ३ प्रतिशत हो ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा थप ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको कोरोना सम्बन्धी तथ्यांकमा गत २४ घन्टामा ४ हजार ४ सय १ पिसिआर परीक्षण गर्दा १ सय ५९ जना महिला र २ सय ४४ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

हाल नेपालभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ रहेको छ । 

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts