नेपालमा पनि कोरोना विरुद्धको खोप अभियानको रुपमा सञ्चालन गरिने: स्वास्थ्य मन्त्री त्रिपाठी



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, २७ पुस । सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले नेपालमा पनि कोरोना विरुद्धको खोप अभियानको रुपमा सञ्चालन गरिने बताएका छन् ।

सोमवार मन्त्रालयमा आयोजना पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले नेपालमा कोरोना विरुद्धको खोप भित्रिएपछि अभियानको रुपमा सञ्चालन गरिने बताए । उनले भने, ‘छिमेकी मुलुकसहित विश्वका विभिन्न मुलुकमा कोरोना विरुद्धको खोप विकास भएर मानवमा लगाउन थालिएको हुनाले नेपालमा पनि चाँडै खोप भित्र्याएर अभियान सञ्चालन हुन्छ ।’

मन्त्री त्रिपाठीले खोप भित्र्याउने विषयमा रुस, बेलायत, भारत, अमेरिका लगायतका मुलुकसँग निरन्तर कुराकानी भइरहेको भन्दै नेपाल खोप भित्र्याउनेमा पछाडी नपर्ने बताए ।

उनले खोप खरिद पक्रिया पारदर्शी रुपमा हुने र सुरुको क्रममा सरकार–सरकारबीच खोप खरिद गर्ने त्यसपछि दोस्रो चरणमा निजी क्षेत्रलाई खोप खरिदका लागि बाटो खुल्ला गर्ने पनि प्रष्ट पारे ।

मन्त्री त्रिपाठीले खोप ल्याउन कानुनी रूपमा जटिलता निराकरण गरिएको र अर्थ मन्त्रालयले रकम सुनिश्चितता गरेको जानकारी दिँदै जनताको जीवनसँग जोडिएको महत्त्वपूर्ण कामका रूपमा खोपलाई लिइएको उल्लेख गरे । 

उनले भने, ‘खोप ल्याउने विषयमा सरकारले सबै तयारी पूरा गरिसकिएको र १६ हजार खोप केन्द्र तयारी अवस्थामा रहेको छ । कोभ्याक्सबाट २० प्रतिशत खोप ल्याउने सुनिश्चितता भएको हुनाले सरकारले समयमै खोप ल्याउने र सबैलाई समान रुपमा वितरण गर्ने तयारी हुँदैछ ।’ 

Hamro Doctor
Last modified on 2021-01-11 15:15:42

Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts