के हो कलेजोमा बोसो जम्ने समस्या,जसले कलेजोको क्यान्सर गराउछ !



Download our app to get more features

कलेजोमा बोसो जम्ने अवस्थालाई फ्याटी लिभिर भनिन्छ । पछिल्लो समय फ्याटी लिभर वा कलेजोमा बोसो जम्ने समस्या बढेको छ । यो समस्यालाई बेवास्था गर्नेको संख्या पनि बढी छ । जसले गर्दा कलेजोको क्यान्सरका बिरामी बढेका छन् । किन जम्छ कलेजोमा बोसो यसबाट कसरी बच्ने कलेजो रोग विशेषज्ञ डा.अनन्त श्रेष्ठ यसो भन्छन्:-

फ्याटी लिभर भनेको कलेजोमा बोसो जम्ने समस्या हो । अस्वस्थ खानपान, ब्यस्त जीवन शैली र मोटोपनका कारण यो समस्या दिनानुदिन बढीरहेको छ । एउटा साधारण मानिसमा उसको कलेजोको साइज अनुसार लगभग ५ प्रतिशत भन्दा कम बोसो जमेको छ भने यसलाई सामान्य रुपमा लिइन्छ । तर सो भन्दा बढी बोसो भएको अबस्थालाई फ्याटी लिभर भएको भनिन्छ । यो रोग तत्काल ज्यानै लिने जटील प्रकृतिको भने हैन् तर बेवास्ता गर्दा यसले कलेजो ड्यामेज गराउने, कलेजोको क्यान्सर गराउने समेत गम्भीर अवस्था सृजना गर्छ । 

कलेजोमा बोसो जम्ने प्रमुख कारण :

  • अस्वस्थ खानपान ।
  •  बढी तौल ।
  •  निस्क्रिय  जीवन शैली ।
  •  बढी मध्यपानको सेवन
  •  मधुमेह ।
  • हेपाटाइटीस सी ।
  • दीर्घ रोगको लामो समय औषधि सेवन गर्दा पनि यस्तो समस्या देखिन सक्छ ।

फ्याटी लिभरका लक्षण :

फ्याटी लिभर हुने वित्तिकै लक्षण देखा नपर्न सक्छ । यसको लक्षणहरु निकै ढिला मात्र देखापर्छ । यसको सुरुवाती चरणमा भने यसको अलावा पेटको दाहिने भागमा दुख्ने, गाह्रो हुने, खाना मन नलाग्नु, बान्ता हुनु, जीउ आलस्य हुनु, मुख नमिठो हुनु, आदि हुन्छ । र क्रोनिक अवस्थामा पुग्यो भने खुट्टा सुन्निे, हिडहसल गर्न गाह्रो हुने हुन्छ । पहिले पहिले फ्याटि लिभर ढल्कदो उमेरका मानिसमा मात्र हुन्छ भन्ने थियो तर जंगफुडहरुको प्रयोग, सक्रियता कम भएका कारणले पनि हाल यो बच्चाहरुमा पनि देखिने क्रम बढ्दो छ । 


यसबाट बच्ने उपाय :

  • तौल नियन्त्रण गर्ने ।
  • मध्यपान नगर्ने ।
  • सक्रिय जीवन शैली अप्नाउने ।
  • स्वस्थ खानपान खाने ।
  • नियमित व्यायम गर्ने ।

यदि केलेकोजोमा बोसो जमिसकेको छ भने बोसो पुरै कलेजोभरी फैलियर जमेको छ वा कुनै भागमा मात्र थुप्रीएर बसेको छ एक्सरे गरि हेरेर कलेजो विशेषज्ञको सल्लाहा बमोजिम हटाउने प्रक्रिया अबलम्बन गर्नु पर्छ । साथै के कारणले त्यो जमेको हो त्यो पत्ता लगाई निधान गर्नुपर्छ । अन्यथा यसले कलेजो क्यान्सर समेतको ।

Last modified on 2021-01-11 15:21:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts