देशभर थपिए ८ सय ५२ नयाँ सङ्क्रमित, २४ घन्टामा मृत्यु हुनेको सङ्ख्या शून्य



Download our app to get more features

काठमाडौं, १ भदौ । गत २४ घन्टामा देशभर ८ सय ५२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ३ सय ८३ कोरोना परीक्षण गर्दा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ८ सय ७६ कोरोना परीक्षण गर्दा ५ सय ३१ जना र २ हजार ५ सय ७ एन्टिजेन परीक्षण गर्दा ३ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्य थप ३ सय २८ जना स्वस्थ भएका छन् भने १ लाख ८९ हजार ७ सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

गत २४ घन्टामा कोरोनाका कारण भने कसैको पनि मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ६२ रहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts