किन हुन्छ मेनेन्जाइटिस्, बच्न के गर्ने ?



Download our app to get more features

अधिकांशको बुझाई छ की मेनेन्जाइटिस बच्चामा मात्र देखा पर्छ । यो रोग लागेपछि पूर्ण निको हुने सम्भावना कम हुन्छ । तर, त्यसो हैन मेनेन्जाइटिस सबै उमेर समूहका व्यक्तिमा देखापर्छ ।

के हो मेनेन्जाईटिस ? यो हुने कारण ?  यसका लक्षण र बच्ने उपाय बारे न्यूरो फिजिसियन डा. डिबी शाह यसो भनछन् :- हाम्रो दिमागमा मूख्य नसाको रुपमा स्पाइनल कर्ड रहेको हुन्छ । स्पाइनल कर्डलार्ई वरपर झिल्लीले ढाकेको हुन्छ । विभिन्न कारणले यी झिल्लीमा संक्रमण हुनुलाई नै मेनेन्जाइटिस भएको भनिन्छ । 

मेनेन्जाइटिस हुने कारण  मेनेन्जाइटिस हुने कारणहरु धेरै छन् । त्यसमा पनि प्रमुखतः भाइरल इन्फेक्सनका कारण हुने गर्दछ । साथै स्पाइनल कर्डमा चोटपटक लाग्नु,अन्य रोगहरु लाग्नु ,दिमागमा टिबी हुनु, क्यान्सर, एचआइभी एड्स, अंग प्रत्यारोपण गरेका व्यक्तिमा रोगप्रतिरोधात्मक क्षमता घट्दा र लामो समय औषधिको प्रयोग गर्दा  पनि यो रोग लाग्न सक्छ । 

मेनेन्जाइटिसका लक्षणहरु : यो रोगका लक्षणहरु अन्य रोगका लक्षणसंग पनि मिल्दा जुल्दा हुन्छन् । जस्तै: ज्वारो आउने, टाउको दुख्ने, लगातार बान्ता हुने, जीउ आलस्य हुने, छाती दुख्ने, खानामा अरुची हुने, बेहोस हुने, काम्ने लगाएतका लक्षण देखापर्छ ।

के मेनेन्जाइटिस् सबैमा एकै प्रकारको देखिन्छ ? हैन्, मेनेन्जाइटिस धेरै प्रकारको हुन्छ । जुन निम्नानुसार छन् :-

भाइरल मेनेन्जाइटिस ननपोलियो इन्टरभाइरस, इन्फ्लुएन्जा, मेस्लेस, जोस्टन आदि भाइरलबाट हुने जुन  सामान्य औषधिको प्रयोले निको हुन्छ यस्तो मेनेन्जाइटिसलाई भाइरल मेनेन्जाइटिस भनिन्छ । यस्तो मेनेन्जाइटिस सामान्यतया गर्मी मौसम सुरु हुने बेलामा बढी फैलिन्छ । यो मेनेन्जाइटिस बच्चाहरुमा बढी देखिन्छ । 

पारासाइटिक मेनेन्जाइटिस  विशेषतः पशुजन्य खानेकुरा, राम्ररी नपकाइ खाएका खानेकुरा, फेहोर खानेकुराबाट मानिसमा संक्रमण हुने मेनेन्जाइटिसलाई पारासाइटिक मेनेन्जाइटिस भनिन्छ । यसले मस्तिष्कमा असर गर्छ । जुन जनावरमा हुने मेनेन्जाइटिस हो ।

फंगल मेनेन्जाइटिस  प्राणघातक रोग लागेका वा रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसमा बढी जसो देखिने यो मेनेन्जाइटिस एक दमै कम देखापर्छ । स्पाइनल कर्डमा रगतको माध्यमबाट ढुसी पुग्दा त्यहाँ संक्रमण हुन्छ र यो मेनेन्जाइटिस देखा पर्छ ।

नन इफेसियन्स मेनेन्जाइटिस्  यो मेनेन्जाइटिस संक्रमणको कारणले नभइ, ब्रेन सर्जरी, क्यान्सर,लुपस चोटपटक आदि रोगको कारणले हुने गर्दछ ।

अमेबिक मेनेन्जाइटिस  मेनेन्जाइटिसमा घातक मानिने यो मेनेन्जाइटिस अमिबा नामक एक कोषीय परजीवीको संक्रमणको कारणल यो मेनेन्जाइटिस  हुने गर्दछ । 

मेनेन्जाइटिसबाट बच्ने उपाय : स्वस्थ खाना खाने, सरसफाईमा ध्यान दिने, सक्रिय जीवनशैली अप्नाउने, मेनेन्जाइटिसविरुद्धका भ्याक्सिन लगाउने । 

रोगको बेलैमा सही उपचार गरे पूर्ण निको हुन्छ भने, बेवास्ता गरे यसले ज्यान नै लिन्छ । माथिका कुनै पनि लक्षण देखिए तुरुन्त स्वास्थ परीक्षण गराउनु पर्छ, अन्यथा यसले ज्यान नै लिन सक्छ । 

Last modified on 2022-07-21 08:24:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts