रुघाखोकी, दमदेखि नाकको एलर्जीसम्ममा उपयोगी 'सखर'



Download our app to get more features

चिसो मौसममा मानिसलाई विभिन्न रोगको संक्रमण हुन सक्ने जोखिम उच्च हुन्छ । विभिन्न अवस्थाका मानिसहरुमा चिसो मौसममा रोगको संक्रमण हुन सक्ने जोखिम बढेपछि बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । झन् अहिलेको कोरोना महामारीको अवस्थामा त अझ बढी सतर्क रहन सबैले सुझाव दिने र आग्रह गरिरहेका छन् । कोरोना महामारीले मानव शरीरका विभिन्न अंगमा असर पार्ने विभिन्न अध्ययनहरुले देखाएपनि यसको यकिन र ठोस तथ्य अझै फेला परेको छैन । यस अवस्थामा झन् सचेत हुनु पर्छ ।

कोरोना भाइरसले मानिसको फोक्सोमा असर पार्ने र श्वासप्रश्वासमा झन् समस्या गराएर मृत्यु गराउने हुनाले बेलैमा सचेत हुनु आवश्यक छ । फोक्सोलाई विभिन्न उपाय अपनाएर स्वस्थ राख्न सकिन्छ । जसमध्येको एउटा उपाय सखरको प्रयोग गर्नु पनि हो । 

सखर (गुड) उखुको रसबाट बनाईन्छ । प्रायः नेपालीको भान्सामा सखर छुट्दैन । भान्सामा यसलाई चिनीको विकल्पका रुपमा पनि प्रयोग गरिन्छ । खानपानमा बाहेक सखरको प्रयोग आयुर्वेद उपचारमा पनि हुने गर्छ । सखरको नियमित सेवनले शरीरमा रगतको कमी हुनबाट बचाउनुको साथै एन्टीबायोटिकको पनि काम गर्छ । सखरमा सेलेनियम भन्ने तत्व हुन्छ । यसले एन्टीअक्सिडेन्टको काम गर्छ जसका कारण घाँटी र फोक्सोेमा संक्रमण हुँदैन । साथै घाँटी र फोक्सोलाई स्वस्थ राख्नमा पनि मद्दत गर्छ । सखरलाई दूधमा मिसाएर खानु राम्रो हुन्छ ।

नाकको एलर्जीमा फाइदाजनक 
नाकमा एलर्जी भएका व्यक्तिलाई सखरको सेवनले फाइदा गर्छ । यस्ता व्यक्तिले हरेक बिहान खाली पेट एक चम्चा गिलोयको रस र २ चम्चा अमलाको रसमा मिसाएर सखर खानु उत्तम हुन्छ । यस्तो गर्नाले नाकको एलर्जी ठिक कहुन्छ ।
 
कफबाट मुक्ति 
जाडो मौसममा प्रायः धेरै मानिस विभिन्न स्वास्थ्य सम्बन्धी समस्याबाट पीडित बन्छन् । यस्ता समस्याबाट छुट्कारा पाउन सखर राखेको चिया पिउनु लाभदायक हुन्छ । जाडोको बेला सखर, अदुवा र तुलसीको पात राखि काढापानी पिउनाले कफको समस्या तुरुन्तै समाधान हुन्छ । 

रुघाखोकी र सर्दीमा रामवाण
सखर र तिलको बर्फी खानाले जाडोमा रुघाखोकी र सर्दीमा राहत मिल्छ । बर्फी खानाले शरीर न्यानो रहिरहन्छ । 

दम हुनबाट जोगाउँछ 
मूलालाई कोरेर सखर र कागतीको रस मिसाएर २० मिनटसम्म पकाउने र त्यसपछि सो मिश्रणलाई दैनिक एक चम्मा खानाले दमका बिरामीलाई राहत मिल्छ ।

Last modified on 2021-01-13 18:01:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts