भारतमा उत्पादित कोरोना खोपको मूल्य प्रतिडोज २०० देखि २०६ सम्म पर्ने



Download our app to get more features

एजेन्सी, २९ पुस । भारतमा उत्पादित कोरोनाबिरुद्धको खोपको मूल्य प्रतिडोज २०० देखि २०६ भारतीय रुपैयाँ पर्ने बताइएको छ । अधिकारीहरुका अनुसार सिरम इन्स्टिच्युटबाट पहिलो चरणमा खरीदका लागि भारत सरकारले अहिले एक करोड १० लाख डोज अर्डर दिएको छ । त्यसको मूल्य कर बाहेक प्रतिडोज २०० रुपैयाँ तोकिएको छ ।

यस्तै त्यहाँको सरकारले भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ३८ लाख डोज खरीदका लागि अर्डर गरेको छ । यसमध्ये १२ लाख डोज कम्पनीले सरकारलाई निशुल्क उपलव्ध गराउने बताएको छ । यसमा सरकारको औषत मूल्य प्रति डोज कर बाहेक २०६ भारतीय रुपैयाँ पर्न आउने अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य सचिव राजेश भुषणले फाइजर र बायोन्टेकको खोपको एक डोजको मूल्य १ हजार ४३१ भारतीय रुपैयाँ पर्ने, मोर्डना खोपको प्रति डोज मूल्य २ हजार ३४८ देखि २ हजार ७१५ रुपैयाँ, चिनियाँ खोपको मुल्य ५ हजार ६०० रुपैयाँ बढी पर्न बताए ।

उनले आफ्नो देशमा उत्पादित खोपको मूल्य अन्य देशमा उत्पादित भएका खोपको मूल्यको तुलनामा धेरै सस्तो भएको बताए ।
भारतमा आगामी १६ ज्यानवरी अर्थात ३ माघ देखि कोरोनाबिरुद्धको खोप अभियान शुरु हुँदैछ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts