टिचिङ अस्पतालमा ९ महिना पछि पुनः मिर्गौला प्रत्यारोपण सुरु



Download our app to get more features
Spark_health_home Happy new year 2021

काठमाडौं, १ माघ । टिचिङ अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ।

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि गत चैतदेखि बन्द अवस्थामा रहेको अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा ९ महिनापछि  बुधबारबाट सुरु भएको हो।

चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं  शिक्षण अस्पतालका नेफ्रोलोजी विभागकी प्रमुख डा दिव्यासिंह शाहले बुधबार एक युवतीमा मिर्गौला प्रत्यारोपण गरी सेवा पुनः सुरु गरेको बताएकी छन् । 
प्रत्यारोपण गर्ने बिरामी र मिर्गौला दाता दुवै जनाको दुई पटक पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र मिर्गौला प्रत्यारोपण गरिएको हो।

मिर्गौला लिने र दिने दुवै जनालाई मिर्गौला प्रत्यारोपणको तयारी गर्नुअघि र प्रत्यारोपण गर्नुअघि दुई पटक पिसिआर परीक्षण गरिएको थियो । 

त्रिवि शिक्षण अस्पतालमा यसअघि हरेक बुधबार दुई जनासम्मको मिर्गौला प्रत्यारोपण गरिदै आएको थियो। लामो समय सेवा बन्द अवस्थामा रहेर पुनः सुरु गरेकाले पहिलो पटक भने एकजनाको मात्र प्रत्यारोपण गरिएको छ । 

नेपालमा कोरोना संक्रमण देखिन थालेपछि गत चैतमा स्वास्थ्य मन्त्रालयले नै इलेक्टिभ सर्जरी सेवा तत्काललाई बन्द गर्न निर्देशन दिएको थियो। त्रिवि शिक्षण अस्पतालमा गत चैतमा एक जनाको मात्र मिर्गौला प्रत्यारोपण भएको थियो। त्यसपछि ९ महिनासम्म मिर्गौला प्रत्यारोपण सेवा बन्द थियो।

Hamro Doctor
Kathmandu Cancer Center Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts