भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदै

पहिलो दिन ३ लाख स्वास्थ्यकर्मीलाई खोप लगाइने



Download our app to get more features

भारत, ३ माघ । भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । 

कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो । यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ ।

सरकारले खोप अभियानको पहिलो दिन आज ३ लाख स्वास्थ्यकर्मी, अग्रस्थानमा खटिनेहरुलाई दिने बताएको छ । सरकारको यस खोप अभियान अन्तर्गत पहिलो चरणमा ३० करोड नागरिकलाई खोप दिइने छ । यस्तै कोरोना सङ्क्रमणको चपेटामा आउन सक्ने उच्च जोखिम उमेर समूह ५० वर्षभन्दा बढीका २७ करोड नागरिकलाई दोस्रो चरणमा खोप दिइने छ ।  
खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरुवात गर्नेछन् । 

मोदीले ट्वीट गर्दै खोप अभियानको बिहान साढे १० बजे भिडियो कन्फ्रेन्समार्फत सुरु गर्ने र खोप लगाउने स्वाथ्यकर्मीसँग पनि कुराकानी गर्ने बताएका छन् ।

भारत विश्वकै दोस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक हो । जहाँ अमेरिकापछि सबैभन्दा बढी एक करोड ५४ लाखभन्दा बढी सङ्क्रमित भइसकेका छन् भने ब्राजिलपछि सबैभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म कोरोनाका कारण १ लाख ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

पछिल्लो समय भारतमा कोरोना सङ्क्रमितको दर र मृत्यु हुने दरमा पनि कमी आएको छ । हालको अवस्थामा कोरोना विरुद्धको खोप अभियान सुरु भएपछि मानिसहरुलाई जोगाउन सकिने भारत सरकारले बताएको छ ।

Last modified on 2021-01-18 07:08:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts