विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख नाघ्यो

अमेरिकामा मात्रै झन्डै ४ लाखको मृत्यु



Download our app to get more features

एजेन्सी, २ माघ । विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप १४ हजार ६ सय ६३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या २० लाख १ हजार २ सय ७ पुगेको छ । यो दर कुल सङ्क्रमितको ३ प्रतिशत हो ।

हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु भएकामध्ये अमेरिकामा मात्रै सबैभन्दा धेरै ३ लाख ९७ हजार ९ सय २० जनाको मृत्यु भइसकेको छ । यस्तै अमेरिकापछि ब्राजिलमा सबैभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भएको छ । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २ लाख ७ हजार १ सय ६० पुगेको छ ।

यस्तै भारत विश्वको तेस्रो मुलुक हो जहाँ कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढीको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ५१ हजार ९ सय ५४ पुगेको छ ।

पछिल्लो समय ब्राजिल, इटली, स्पेन लगायतका मुलुकमा पनि कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ८६ हजार नाघेको छ भने इटलीमा ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

यस्तै कोरोनाबाट अत्यधिक प्रभावित मुलुकहरू मेक्सिकोमा १ लाख ३६ हजार ९ सय १७, फ्रान्समा ६९ हजार ३ सय १३, स्पेनमा ५३ हजार ७९, इरानमा ५६ हजार ५ सय ३८, अर्जेन्टिनामा ४५ हजार १ सय २५, कोलम्बियामा ४७ हजार ४ सय ९१ र रुसमा ६३ हजार ९ सय ४० जनाको मृत्यु भइसकेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थप ७ लाख ५ हजार ७ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ३५लाख ८ हजार ९ सय ३९ पुगेको छ ।

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ६७ लाख ९७ हजार ९ सय १३ जना स्वस्थ भइसकेका छन् भने विश्वभर २ करोड ४७ लाख ८ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । 

Last modified on 2021-01-15 10:22:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts