विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या साढे १९ लाख नाघ्यो

सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ४ लाख भन्दा बढी



Download our app to get more features

एजेन्सी, २८ पुस । विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या साढे १९ लाख नाघेको छ ।

गत २४ घन्टामा विश्वभर थप ८ हजार ९ सय ४६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १९ लाख ५२ हजार १ सय ५३ पुगेको छ । 

यस्तै गत २४ घन्टामा छप ५ लाख ४९ हजार  ६ सय १५ जना सङ्क्रमित भएका छन् । वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड १३ लाख ४ हजार ७ सय ७३ पुगेको छ । 

हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये स्वस्थ हुनेको सङ्ख्या ६ करोड ५२ लाख ७४ हजार ७ सय ५ पुगेको छ भने हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ४ लाख ७७ हजार ९ सय १५ रहेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ८८ हजार ९ सय ६३ जना रहेका छन् भने १ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २ करोड ३१ लाख ४३ हजार १ सय ९७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३ लाख ८५ हजार २ सय ४९ पुगेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घन्टामा १२ हजार ४ सय ४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने थप १ सय ६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । भारतमा नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १ करोड ४७ लाख ७९ हजार ९ सय १३ पुगेको छ भने १ लाख ५१ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-01-12 16:27:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts