फ्रान्समा जारी कर्फ्यूमा थप कडाई, बाह्य मुलुकबाट आउनेलाई ७ दिन आइसोलेसनमा बस्नुपर्ने



Download our app to get more features

फ्रान्स, २ माघ । फ्रान्स सरकारले मुलुकमा कोरोना संक्रमणको दरमा वृद्धि भएसँगै कर्फ्यू लगाउन निर्देशन दिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन क्यासटेक्सले स्थानीय समय अनुसार भोलि साँझ ५ बजेदेखि लागू हुने गरि रातभर नै कर्फ्यू लगाउन निर्देशन दिएका छन् । 

फ्रान्समा डिसेम्बरदेखि फेरि कोरोना संक्रमणको दरमा वृद्धि भएको छ । मुलुकमा बढ्दो कोरोना महामारीको जोखिमलाई ध्यानमा राखि कर्फ्यूमा थप कडाईं गरिएको हो ।
 
अहिले फ्रान्समा राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्ने गरेकोमा अब त्यसमा थप कडाईं गरिएको हो । यो नयाँ नियम १५ दिनसम्म लागू हुनेछ ।

प्रधानमन्त्री जीनले मुलुकमा कोरोनाका कारण अवस्था चिन्ताजनक बन्दै गएको भन्दै सबैलाई सरकारले जारी गरेका निर्देशन र मापदण्ड लागू गर्न आग्रह समेत गरेका छन् ।
 
विशेषगरि बाहिर मुलुकबाट आउनेहरुका लागि कडाईं गरिएको छ । जसमा युरोपियन मुलुकभन्दा बाहिर मुलुकबाट आउने व्यक्तिहरुले आफ्नो उडानको ७२ घन्टा पहिलेसम्मको कोरोना परीक्षण रिपोर्ट देखाउनुपर्नेछ । जसमा कोरोनाको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । साथै फ्रान्स प्रवेश गरेकाहरुलाई ७ दिनसम्म आइसोलेसनमा पनि बस्नुपर्ने र सातौं दिनमा पुनः कोरोना परीक्षण गराउनुपर्ने भएको छ ।

कोरोना भाइरसको नयाँ प्रकारका कारण अहिले युरोपिय मुलुकहरुमा चिन्ताजनक अवस्था उत्पन्न भएको छ ।

Last modified on 2021-01-15 11:38:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts