कोरोनाबाट मृत्यु हुनेको संख्या २० लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ३ माघ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० लाख  नाघेको छ । एक वर्षमा कोरोना भाइरस संक्रमणबाट २० लाख ९ हजार २ सय १७ मानिसको मृत्यु भएको जोन् हप्कीन्स् यूनिभर्सिटिले जनाएको छ । 

विश्वभर ९ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिका र यूरोप सबैभन्दा बढी कोरोना महामारीबाट प्रभावित भएको छ ।

यूरोपमा मात्रै ६ लाख ५० हजार संक्रमितको मृत्यु भएको छ । अमेरिकामा ५ लाख ४२ हजार ४ सय १० जना मानिस संक्रमित भएका छन् । विश्वका केही देशहरुमा कोरोना विरुद्धको खोप अभियान सुरु भइसकेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts