अमेरिकी वैज्ञानिकको चेतावनीः मार्च महिनासम्म कोरोनाको नयाँ भेरिएन्ट तीव्र गतिमा वृद्धि हुन सक्ने



Download our app to get more features

बीबीसी, ४ माघ । अमेरिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट मार्च महिनासम्म  तीव्र गतिमा वृद्धि हुने अमेरिकी स्वास्थ्य वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वैज्ञानिकहरुले आउने मार्च महिनासम्म बेलायतमा फेला परेको कोरोना भाइरसको नयाँ भेरिएन्टले अमेरिकाको एक समूहलाई ठूलो संख्यामा संक्रमित बनाउन सक्ने चेतावनी दिएका छन् ।

अमेरिकाको सेन्टर फरर डिजीज कनट्रोल एनड प्रिवेन्शन (सीडीसी) का वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । 

सीडीसीका अनुसार आउने केही हप्तामा भाइरसको नयाँ भेरिएन्टले तीव्र गतिमा मानिसलाई संक्रमित बनाउन सक्ने भएकाले समयमै सावधान र सतर्क रहन पनि आग्रह गरेको छ ।

सीडीसीले चिसो मौसममा कोरोना संक्रमणको दर वृद्धि हुँदै गएको भन्दै यस अवस्थामा नयाँ कोरोनाको भेरिएन्टमा वृद्धि हुँदा त्यसले मुलुकको स्वास्थ्य प्रणालीमाथि समस्या हुन सक्ने पनि बताएको छ ।

नव–निर्वाचित राष्ट्रपति जो बाइडनले कोरोना महामारीसँग लड्नका लागि आफ्नो योजना पेश गरेका थिए । जसमा खोप अभियानलाई तीव्रता दिने विषयलाई समावेश गरिएको थियो ।
 
विशेषज्ञहरुका अनुसार कोरोनाको नयाँ भेरिएन्ट पहिलेको तुलनामा बढी संक्रामक रहेको तर यस विषयमा कुनै वैज्ञानिक प्रमाण फेला परेको छैन, कि यो भेरिएन्ट पहिलेको तुलनामा बढी खतरनाक हो वा होइन । त्यस्तै केही केहि विशेषज्ञहरुले आशंका गरेका छन् की, हालको कोरोना विरुद्धको खोप नयाँ भेरिएन्टमा खासै प्रभावकारी नहुन सक्छ ।

अमेरिका कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोनाका कारण ४ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ४२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । अमेरिकामा बढ्दो कोरोना संक्रमणको दरलाई ध्यानमा राखी अमेरिकी सरकारले खोप अभियान सुरु गरिसकेको छ ।

Last modified on 2021-01-18 07:08:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts