कोभिड-१९: विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ३ माघ । कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।

वर्ल्ड मिटरको तथ्यांक अनुसार अमेरिकामा गत २४ घन्टामा थप ३ हजार ४ सय १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । योसँगै अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ८ सय ५६ पुगेको छ ।

यस्तै अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ४० लाख नाघिसकेको छ । गत २४ घन्टामा अमेरिकामा थप २ लाख २३ हजार ९ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ करोड ४१ लाख २ हजार ४ सय २९ पुगेको छ ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये झन्डै १ करोड ४२ लाख २८ हजार ९ सय ६९ जना स्वस्थ भइसकेका छन् भने अमेरिकामा हाल सक्रिय संक्रमितको संख्या ९४ लाख ६३ हजारभन्दा बढी रहेको छ ।

Last modified on 2021-01-16 16:15:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts