स्वस्थकर आहारशैलीका लागि ध्यान दिनुहोस् यी कुरामा...



Download our app to get more features

आयुर्वेद नेपालको मौलिक चिकित्सा पद्धति हो । आयुर्वेद चिकित्सा पूर्वीय दर्शमा आधारित छ । यो चार वेद मध्ये अथर्वबेद उपवेद हो । नेपाल, भुटान, भारत, श्रीलंका, बंगलादेश लगायतका देशहरुमा प्राथमिक स्वास्थ्य सेवाको रुपमा आयुर्वेद चिकित्सालाई उपयोग गरिएको पाईन्छ ।  

आयुर्वेद शब्द आयुः+ वेद मिलेर बनेको छ । 

आयुको अर्थ जीवन र वेदको अर्थ विज्ञान भन्ने हुन्छ । आयुर्वेदमा बिरामीको उपचारको साथै निरोगी व्यक्तिलाई कसरी निरोगी नै राखि राख्ने भन्ने विषयमा वर्णन गरिएको हुन्छ । 

आयुर्वेदीय जीवनशैली
मानिसलाई बाचुन्जेल स्वस्थ भई जीउनको लागि आयुर्वेदमा उल्लेख गरे अनुसारको जीवनशैली बनाउदा उपयोगी हुने पाइएको छ । जीवन शैलीलाई आहार विहार गरि २ समुहमा विभाजन गर्न सकिन्छ ।  

आहार तथा विहार 
व्यक्तिको खाना खाने बानी वा तरिका नै आहार शैली हो । शारीरिक तथा मानसिक स्वास्थ्यको हामीले खाने खानासँग महत्त्वपुर्ण सम्बन्ध हुने भएकाले आहार शैलीमा हामी सचेत हुन आवश्यक हुन्छ । स्वस्थकर आहारशैलीको लागि निम्नानुसारको विषयमा ध्यान दिन आवश्यक हुन्छ :

  • आहार शारीरिक तथा मानसिक क्रियाशिलताको आधारमा सन्तुलित हुनुपर्छ । 
  • दैनिक भोजनमा अन्नका साथै खेतबारीमा उत्पादन हुने सागपात तथा मौसम अनुसारका फलफूल समावेश हुनुपर्छ । 
  • भोजन सफा र ताजा हुनुपर्छ । 
  • सामान्यतया दिनभरिमा ३, ४ घण्टाको फरक पारी चार पाँच पटक टिक मात्रामा खाना खानु स्वस्थकर मानिन्छ ।  
  • भोक लागेको बेला मात्रा खाना खानु राम्रो हुन्छ ।  
  • दिनको तुलनामा रातीको खाना हल्का, सुपाच्य (सजिलै पचाउन सक्ने) र परिणाम थोरै हुनुपर्छ ।  
  • खाना राम्रोसँग चपाएर खानुपर्छ । 
  • भोजन गर्दा सामान्यतया आमाशयको कुल आयतन क्षमतालाई चार भागमा विभाजन गरि दुईभाग खानाको लागि, एकभाग पानीको लागि र एक भाग खालि राख्नु राम्रो हुन्छ ।  
  • भोजन लगत्तै अत्याधिक पानी  पिउनु, कडा खालको काम गर्नु, जोडले हाँस्नु, जस्ता कामलाई स्वस्थकर मानिदैन । 
  • रितुअनुसार शारीरिक पाचन शक्तिमा घटबढ हुने भएकाले सोही आधारमा  भोजन गर्ने गर्नुपर्छ । 
  • केही खाद्य पदार्थ एक अर्कासँग सँगसँगै वा एक आपसमा मिसाएर खानु हुदैन । (जस्तै माछामासुसँग दुध)
Last modified on 2021-01-18 07:09:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts